काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज नगर्न सर्बोच्चको अन्तरिम आदेश

काठमाडौँ, १५ कात्तिक । सर्बोच्च अदालतले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन गर्न रोक लगाएको हो ।  काठमाडौं नेसनल कलेजका तर्फबाट डा. जैनुद्दिन अन्सारीले असोज ३१ गते रिट दर्ता गरेका थिए ।

यसअघि त्रिवि कार्यकारी परिषदले साउन १२ गते सम्बन्धन दिएको थियो । सो विरुद्ध डा. गोविन्द केसी अनसन बसेपछि सम्वन्धन खारेजी गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *