उच्च रक्तचाप, मधुमेह, मोटोपना र युरिक एसिडबाट जोगिने ३५ उपाय 

डा. प्रकाशराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ

उच्च रक्तचाप, मधुमेह, मोटोपना तथा युरिक एसिड जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग समेत सम्वन्ध राख्दछ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा यी रोगहरुबाट जोगिन त सकिन्छ नै रोग लागेकै भएपनि नियन्त्रणमा लिन सकिन्छ । डा प्रकाशराज रेग्मीले यी चारवटा स्वास्थ्य समस्याबाट मुक्तहुन केही टिप्सहरु दिएका छन् । हेरौँ ति टिप्सहरु :

उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :

  • नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
  • धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि
  • मोटोपना घटाउने ।
  • दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
  • गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
  • गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
  • ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
  • नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

मधुमेह (चिनीरोग) भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :

  • चिनी र चिनीबाट बनेका परिकार नखाने ।
  • धूमपान, सूर्तिजन्य पदार्थ मद्यपान जस्तैः रक्सी, चूरोट, खैनी, बिडी आदि सेवन नगर्ने ।
  • नून र चिल्ला कम खाने ।
  • खानासंगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
  • गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।
  • शारिरीक व्यायामः दैनिक १ घण्टा हिंड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकूदमा सहभागी हुने ।
  • योगासन, ध्यान, प्राणायाम गर्ने ।
  • लामो समय सम्म भोकै नबस्ने ।

मोटोपना घटाउन ध्यान दिनु पर्ने कुराहरु :

  • चिनी र चिनीबाट बनेका परिकार नखाने ।
  • घ्यू, बटर, बोसो नखाने ।
  • चिल्लोमा फ्राइ गरेको खाना नखाने ।
  • खाने तरकारीमा जति सक्यो कम तेल हालेर पकाउने ।
  • खाना खानु भन्दा अगाडी १ कटौरा हरियो सलाद खाने ।
  • बेलुकीको खानामा २ पिस रोटी, दाल १ कटौरा, हरियो सागसब्जी र सलाद खाने ।
  • शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने जस्तैः १ घण्टा हिंड्ने, खेतबारीमा काम गर्ने, खेलकूदमा भाग लिने, पौडी खेल्ने ।
  • प्रशस्त मात्रामा पानी पिउने । भोक लाग्दा फलफूल खाने । (केरा र आँप बाहेक)
  • धूमपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन नगर्ने । जस्तैः रक्सी, चूरोट, खैनी, पान, सूर्ती, बिडी आदि ।
  • योग÷ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जिवन जिउने ।
  • दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
  • बिहान उठ्ने बित्तिकै २ गिलास मन तातो पानी पिउने ।

यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु:

  • रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि ।
  • मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।
  • प्रशस्त मात्रामा पानी पिउने ।
  • दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।
  • योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि ।
  • दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने ।
  • जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *