चिकित्सा शिक्षा बिधेयक सरकारबाट अनुमोदन

काठमाडौ,६ कात्तिक । सरकारले  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धि  अध्यादेश अनुमोदन गरेको छ। आज विहान बसेको मन्त्रीपरिषद्को बैठकले सो विधेयक अनुमोदन गरेको हो।

डा. गोविन्द केसीको माग अनुसार तयार पारिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्मबन्धमा बनेको अध्यादेशलाई अनुमोदन गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा, पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, सरकारी वार्ता टोली र डा केसीका तर्फबाट प्रतिनिधि बनेका ओमप्रकाश अर्याल,डा अभिषेक सिंहको समितिले तयार पारेको अध्यादेशको मस्यौदालाई आज बसेको मन्त्री परिषद्ले अनुमोदन गरेको हो।

आज मन्त्रिपरिषदबाट अनुमोदन भएको अध्यादेश अब राष्ट्रपतिकहाँ पठाइने र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अध्यादेश कानुनको रुपमा आउनेछ।

माथेमा कार्यदलको सुझावको आधारमा चिकित्सा विधेयक संसदबाट पास हुनु पर्ने लगायतका माग राख्दै डा. गोविनद केसी १३ अनसन बसेका थिए।

तर व्यवस्थापिका संसदको कार्यकाल समाप्त भए पछि बिधेयक संसदबाट हुन सकेत आज बस्ने मन्त्रीपरिद्को बैठकले आध्यादेशबाट सो बिधेयक ल्याउने सम्मझौता भएपछि डा. केसीले गत बुधबार १३ अनशन तोडेका थिए।मस्यौदा समिति तयार पारेको र आज अनुमोदन भएको अध्यादेशमा माथेमा कार्यदलले दिएको सुझावकै आधारमा उपत्यकामा १० वर्षसम्म मेडिकल खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढि मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत छात्रावृत्ति दिनु पर्ने लगातका मुख्य बुदाँ रहेको समितिका एक सदस्य ओमप्रकाश अर्यालले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *