साठी लाखको लागतमा योग भवन निर्माण हुने

कञ्चनपुर, ६ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिकामा रु ६० लाखको लागतमा योग भवन बन्ने भएको छ ।

महाकाली अञ्चल आयुर्वेदिक औषधालय महेन्द्रनगरले भीमदत्तनगरपालिकाको सहयोगमा योग भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि नगरपालिकाले चालु आवमा रु १३ लाख बजेट विनियोजन गरेको छ ।

आयुर्वेदिक औषधालयको १५ कट्ठा जग्गामा गुरुयोजना बनाई योग भवनसँगै जडीबुटी उद्यान र पञ्चकर्म भवन निर्माण गरिने औषधालयका प्रमुख डा सूर्य उपाध्यायले बताए ।

“एक महिनाभित्रै निर्माणको कार्यलाई अगाडि बढाउछौँ”– उनले भने । भवन निर्माणपछि नगरपालिकाका वडा वडामा आयुर्वेदिकबारे जानकारी दिई योगलाई घरघरमा पु¥याउने लक्ष्य लिइएको छ ।

छाडा चौपायाका कारण वातावरण प्रदुषण

दुधालु हँुदासम्म पाल्ने र दूध दिन छाडेपछि गाई लगायतका चौपाया बजार क्षेत्रमा छाडारुपमा छाड्ने प्रवृत्तिका कारण कञ्चनपुरमा वातावरणमा प्रतिकूल असर परेको छ ।

छाडा गाईवस्तुको मूत्र र गोबरका कारणले यहाँका मुख्य बजार क्षेत्र दुर्गन्धित भएका छन् । गोबर र मूत्रले गर्दा विभिन्न संक्रामक रोग फैलिइ ठूलो जनस्वास्थ्य समस्या सिर्जना हुने सम्भावना बढेको छ ।

जनावरबाट मानिसमा हावा, गोबर र मूत्रबाट सर्ने रोगको संक्रमण बढ्नसक्ने जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरका वरिष्ठ पुश विकास अधिकृत डा मदनसिंह धामीले बताए । उनका अनुसार जनावरबाट मानिसमा ६० बढी प्रकारका रोग सर्ने गर्दछन् ।

अधिकांश रोग निकै घातक रहेका छन् । महेन्द्रनगर, सुँडा, दैजी, सिसैया, झलारी, वनसमिति, कलुवापुर, वाणि, गुलरियालगायतका बजार क्षेत्रका राजमार्गमै छाडा चौपायाले बस्ने गरेकाले बजार क्षेत्रको सौन्र्दयतामा समेत कमी ल्याएको छ ।

छाडा चौपायाकै कारण शहरी क्षेत्र, राजमार्ग र आसपासका गाउँ बस्तीमा प्रतिदिन सवारी दुर्घटना बढ्नुका साथै सवारी र यात्रुको ओहोरदोहोर गर्नमा अवरोध आउँदा निकै सास्ती खेप्नु परेको छ ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *