गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप फैलँदा एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी

 

गोरखा, ६ कात्तिक । गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ ।

दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित थिए ।

गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए । “गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी छन् । बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ ।

स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भने, “गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएन ।”

धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *