मानिसको मस्तिष्क विकास कुन उमेरमा कति ?

एजेन्सी । बैज्ञानिकहरुले मानिसको मस्तिष्क विकासक्रम उमेर अनुसार बढदै जाने बताएका छन् । उनीहरुले गर्भमा रहँदा झण्डै एक तिहाई मस्तिष्कको विकास भईसक्ने र बाँकी विकास जन्मेपछि हुँने जनाएका छन् । बैज्ञानिकहरुले पत्ता लगाएको तथ्य यसप्रकार छ ।

  • मानिसको मस्तिष्क विकास गर्भमै रहँदा ३० प्रतिशत भईसकेको हुन्छ ।
  • जन्मेको एक बर्ष भित्र मस्तिस्क विकास थप २५ प्रतिशत विकास भईसकेको हुन्छ । कुल मिलाएर जन्मेको एक बर्ष भित्र बच्चाको मस्तिस्क विकास ५५ प्रतिशत विकास भईसकेको हुन्छ ।
  • बच्चा जन्मेको दुई बर्ष पुग्दा थप २५ प्रतिशत मस्तिस्क विकास हुन्छ । यो संगै दुई बर्ष भित्रै बच्चाको मस्तिस्कको विकास ८० प्रतिशत भईसकेको हुन्छ ।
  • दुई देखि ५ बर्ष भित्र पुग्दा थप १० प्रतिशत विकास भइसकेको हुन्छ । यो संगै बच्चा ५ बर्ष पुग्दा ९० प्रतिशत मस्तिस्कको विकास भइसकेको हुन्छ ।
  • अनुसन्धानकर्ताहरुले बाँकी १० प्रतिशत विकास भने ५ बर्ष पछि मात्रै हुने बताउँछन ।

गर्भावस्था देखि ५बर्षसम्म बच्चाको ९० प्रतिशत मस्तिस्क बौद्धिक विकास भईसक्ने भएकोले यो उमेर समूहलाई विशेष जोड दिइन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *