पटका पड्काउदा भारतमा तीस जनाको आँखामा चोट

नयाँदिल्ली, ४ कात्तिक । भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन् ।

दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।उनीहरू सवैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

“गएराती देखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,” राज्यका स्वास्थ्य मन्त्री सी लक्ष्मण रेड्डीले भने ।
आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।

उनीहरुलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताए ।

भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *