बिरामी जाँच्ने र औषधि बेच्ने अधिकार दिएपछि सीएमए संघको आन्दोलन फिर्ता

काठमाडौँ, २ कात्तिक । स्वास्थ्य मन्त्रालयले बिरामी जाँच्ने, औषधि विक्री गर्ने लगायतका अधिकार नखोसिने प्रतिवद्धता जनाएपछि नेपाल सीएसए संघले ११ दिन देखि जारी आन्दोलन फिर्ता लिएको छ ।

यसअघि निजी क्लिनिक सञ्चालन गर्न तथा औषधि विक्री गर्न रोक लगाउने निर्णय गरेको भन्दै देशभरका सीएमएहरुले मन्त्रालय केन्द्रीत आन्दोलन गरेका थिए ।

स्वास्थ्य मन्त्री दीपक बोहराले पदवहाली गरे लगत्तै सीएमएहरुको मागका सम्वन्धमा छलफल गरी टुंगोमा पुग्न सचिव डा. किरण रेग्मीलाई निर्देशन दिएका थिए । सचिव डा. रेग्मीले त्यसको जिम्मा मन्त्रालयकै चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठलाई दिएकी थिइन । डा. श्रेष्ठ र संघका प्रतिनिधीबीच हिजो ( बुधबार) भएको छलफलमा कुरा मिलेपछि संघले आज विज्ञप्ती जारी गर्दै आन्दोलन फिर्ता लिने घोषणा गरेको हो ।

‘खासमा नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन २०५३ दफा २ (घ) ले दिएको अधिकार कार्यान्वनयका लागि हामी आन्दोलित थियौँ । किनभने त्यो ऐनले हामीलाई विरामीको उपचार रोकथामका सबै अधिकार दिएको थियो तर अहिले पछि आएको स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धी निर्देशिका २०७० संसोधन २०७३ ले त्यसमा पुरै अबरोध गरयो । यसलाई चिर्नपर्छ भनेर हामी आन्दोलित भएका हौँ,’ सीएमएसंघका अध्यक्ष गणेश साउदले भने ।

उनले अहिलेको नीति गत अप्ठेरोलाई तीन महिना मित्र संसोधन गरी सुल्झाउने र निर्देशिका संसोधन नहुन्जेल पूर्ववत रुपमा सबै सेवा सञ्चालन गर्न पाउने सहमति भएको बताए ।

सहमतिमा मन्त्रालयका तर्फबाट डा भोला श्रेष्ठ र संघका तर्फबाट अध्यक्ष साउदले हस्ताक्षर गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *