पूर्व स्वास्थ्यमन्त्री पोखरेलले यसरी सुनाए ८० दिने उपलब्धि

काठमाडौं २ कत्तिक । मन्त्री गिरिराजमणि पोखरेलले पछिल्लो पटक स्वास्थ्य मन्त्रालयमा रहँदा गरेका ८० दिनका कार्यविवरण सार्वजनिक गरेका छन् । विहीबार विहान पत्रकार भेटघाट गरी उनले आफ्नो तेस्रो कार्यकालमा गरेका कामका फेहरिस्त सार्वजनिक गरेका हुन् ।

स्वास्थ्यमा म तीन पटक मन्त्री भएँ तर मेरो यो पटकको कार्यकालमा ८० दिनको मात्रै रह्यो । यसबीचमा केही महत्वपूर्ण कामहरु सम्पन्न भएका छन् । र केही हुने क्रममा छन् । उनले पत्रकारमाझ आफ्ना कार्यकालको समिक्षा यसरी गरेका थिए ।

उनले आफूले मन्त्रालयको नेतृत्व गरीरहँदा स्वास्थ्य बीमा विधेयक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट पास गराउँनुलाई आफ्नो प्रमुख उपलव्धी भनेका छन् ।

त्यसबाहेक अन्य धेरै नीतिगत कार्यहरु अघि बढेको उनले दावी गरे ।आफ्नो कार्यकालमै स्वास्थ्य ऐन ल्याउन चाहना भएपनि त्यो सम्भव नभएको भन्दै पहिलो डाफ्ट भने ल्याउन सफल भएको बताए ।

उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यद्धपी पछिल्लो समयमा स्वास्थ्य सचिव डा किरण रेग्मीबाट सहयोग नपाएको गुनासो उनको थियो । ‘पछिल्लो एक साता देखि उहाँले मलाई पुरै असहयोग गर्नुभयो । त्यसमा मेरो भन्नु केही छैन । तर जनताका धेरै महत्वपूर्ण कामहरु अल्झियो,’ उनले छोटो प्रतिक्रिया दिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “पूर्व स्वास्थ्यमन्त्री पोखरेलले यसरी सुनाए ८० दिने उपलब्धि

  1. Mantri jasle runche behavior garcha teslai k bhani. 3 choti mantri re kaam kasari garna pani audaina. Euta kaan garna pako chain press conference garnu parne.
    Election ko bela ma 300 jana ko saruwa garna kojni sale bhrastachari

Leave a Reply

Your email address will not be published. Required fields are marked *