डा. केसीले अनसन तोडे (सहमतिको बुँदासहित)

काठमाडौँ, १ कात्तिक । सरकारसंग १० बुँदे सम्झौँता गर्दै डा गोविन्द केसीले १४ दिन लामो अनसन तोडेका छन् । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री दीपक बोहराको उपस्थितिमा डा केसीले आफ्नो तेह्रौँ अनसन तोडका हुन् ।

यसअघि बालुवाटारमा डा केसी पक्षका प्रतिनिधी र सरकारी पक्षबीच १० बुँदे सम्झौताको खाका तयार गरिएको थियो । सो खाँकामा डा केसीले सहमति जनाएका थिए ।

सम्झौँता अनुसार चिकित्सा शिक्षा विधेयक आगामी ६ मा बस्ने मन्त्रिपरिषदबाट अघि बढाउने सहमति भएको छ । काठमाडौँ नेशनल मेडिकल कलेज सम्वन्धन प्रकरण तथा केयुका पदाधिकारीको बारेमा छानवीन गर्न कमिटि गठन गर्ने लगायतका सहमति भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *