‘ढुक्क भएर काम गर्नुहोस्, हस्तक्षेप गर्दिन पूर्वाग्रह राख्दिन’

काठमाडौँ, १ कात्तिक । स्वास्थ्य मन्त्री दीपक बोहोराले अघि बढेका काममा हस्तक्षेप नगर्ने र पूर्वाग्रह नराख्ने बताएका छन् । आफू विशेष परिस्थितिमा स्वास्थ्यको जिम्मेबारी सम्हाल्न आएको भन्दै कर्मचारीहरुलाई ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् ।

पदवहाली गर्न पुगेका मन्त्री बोहोराको स्वागतमा मन्त्रालयद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बोहोराले भने, मन्त्री अस्थायी सरकार हो । तर तपाईँ कर्मचारीहरु भनेको स्थायी सरकार हो । मेरो कार्यकालमा कुनै कुनै हस्तक्षेप हुँदैन कसैप्रति पूर्वाग्रह राख्नेछैन ।

नेपालको स्वास्थ्यको इन्डीकेटर माथि रहेको भएपनि दुर दराजका जनताले गुणस्तरीय स्वास्थ्य सेवा नपाएको भन्दै त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

मन्त्रालय ‘स्मोक फ्रि’ गर्ने मन्त्री मै हुँ

स्वास्थ्य मन्त्री बोहोराले सम्वोधनका क्रममा स्वास्थ्यको विषयलाई आफूले पहिले देखि नै प्राथमिकतामा राखेको बताए । उनले विसं २०४२ सालमा यातायात व्यवस्था मन्त्री हुँदा आफ्नो मन्त्रालयलाई स्मोक फ्रि बनाएको प्रसंग उल्लेख गरे ।

‘त्यतिवेलासम्म सरकारी कार्यालयमा चुरोट खाने चलन थियो । मैले यस्तो त हुँदैन भनेर सुर्तीजन्य पदार्थ निषेध गर्ने योजना अघि सारेँ । त्यसबेला कर्मचारीबीच भोटिङ नै गराएर सो निर्णय लिएको थिएँ,’ उनले भने ।

मन्त्री बोहोराले नीति बनेर पनि कार्यान्वयनमा नआएको संसोधित सुर्तीजन्य पदार्थ ऐन २०७१को कार्यान्वयनमा आफू लाग्ने बताए । उत्कृष्ठ नीति बनाएको भनेर नेपालले अढाई बर्ष अघि एक लाख डलरको अन्तराष्ट्रिय अवार्ड पायो तर अहिलेसम्म ९० प्रतिशत चित्रंअकित स्वास्थ्य संन्देशको लागू भएको छैन तपाईँ यसलाई कसरी हेर्नुहुन्छ ? पत्रकारहरुको जिज्ञासामा मन्त्री बोहोराले भने, ‘यो कुरा मलाई थाह थिएन । अब यसलाई पहिलो प्राथमिकतामा राखेँ । यो काम अघि बढ्छ तपाईँहरु ढुक्क हुनुहोस् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *