पाउल पग : एउटा यस्ता बिरामी जो भित्र रुन्छन तर बाहिर हाँसेको देखिन्छ

अम्मानफोर्ड । मस्तिष्क सम्वन्धी लामो उपचार पछि निको हुँदै गएका ३८ बर्षीय पाउल पग आफ्नै स्वास्थ्यको बारेमा चिकित्सकहरुले आयोजना गरेको विशेष बैठकमा सहभागी थिए ।

उपचारमा सम्लग्न चिकित्सकहरुले उनको मस्तिष्कमा लागेको चोट ?  उनको भविस्य ? र के के कुरा गर्नुपर्ने ? भन्ने बारेमा उनीसंग छलफल तथा सुझावको आदानप्रदान गर्दै थिए । छलफल अति नै गम्भीर मोडमा पुग्यो । तर बैठक कक्षमा रहेका पउल एक्कासी हाँस्न थाले । उनको हाँसो एकछिनमा रोकिएन । बैठक अवधीभर उनी हाँसी मात्रै रहे ।

सन् २००७ मा भएको एउटा भयंकर हमलामा परि बाल बाल बचेका उनी त्यसपछि लगातार १३ महिना हस्पिटलको बेडमा थिए । डिस्चार्ज हुनु अघि उनको उपचारमा सम्लग्न अस्पतालका चिकित्सकहरुले उनैका लागि बैठक आयोजना गरेका थिए ।

दर्दनाक हमलापछि भएको ‘ब्रेन इन्जुरी’को कारणले अपांग जस्तै बनेका पउलको जीवनलाई कता मोडने ? कसरी मोड्ने ? आदि विषयमा चिकित्सकहरु छलफल हुँदा हुँदै त्यसरी हास्नुको पछाडी उनमा ‘प्याथोलोजिकल लाफ्टर’को समस्या थियो ।

जबकी पउललाई भने आफू रोइरहेको छु जस्तो लागि रहेको थियो । उनी भन्छन्, ‘मलाई यस्तो ( प्याथोलोजिकल लाफ्टर) समस्या छ भन्ने कुरा त्यतिवेला थाहै भएन केही बर्ष पछि मात्रै थाह भयो । त्यसपछि मात्रै म सतर्क हुन थालेँ ।’

सन् २००७ को जनवरीमा अज्ञात समूहको हमलामा परी पउलको टाउको फुटेको थियो । उनी करीब दुई महिना कोमामा थिए । मस्तिस्कमा रगत जमेका कारण थकान शरीर चलाउन गाह्रो तथा बोलीमा अस्पष्ठता आदि समस्या भोगी रहेका थिए ।

करीब ४ महिना पछि चिकित्सकको समूहले उनको मस्तिष्कको चोट तथा उनको अबको जीवनको विषयमा सुझाव दिन बैठक बोलाएको थियो । यहिबेला पउलको अकस्मात हाँसो देखा परेको हो ।

पउल भन्छन्, ‘यो त अचम्मको स्वास्थ्य समस्या रहेछ । मलाई दुख परेको छ भन्ने थाह थियो । म मनमा रोइरहेको पनि थिएँ तर बाहिर धेरै हासिरहेको थिएँ ।’ उनले अगाडी थपे, म त्यतिखेरको पिडाले खासमा रोइरहेको थिएँ । आँखाबाट आँशु झरिरहेको थियो । तर बाहिर भने यो भाव हाँसोको रुपमा देखा परयो । यो घटनाको केही बर्ष पछि मात्रै मलाई ‘प्याथोलोजिकल लाफ्टर’ले यस्तो भएको भन्ने थाह भयो ।’

‘मस्तिष्कको फ्रन्टल लोब (जसले भावनात्मक सन्देश पाँउछ ) सेलेबेलम र ब्रेन स्टेन (जसले सो भावना बाहिर देखाउने सन्देश दिन्छ) बीच सम्वन्ध बिच्छेद र एक आपसमा तालमेल नमिल्दा यस्तो मिश्रित भावना देखिन्छ,’ चिकित्सकहरु भन्छन् ।

पउल भन्छन्, ‘दुखको बेला आउन लागेको हासो आजकल म महसुस गर्छु र त्यसलाई दबाउने प्रयासमा रहन्छु । अथक प्रयास र अभ्यास पछि आजकल ९० प्रतिशत त्यस्तो भावनालाई म आफ्नो नियन्त्रणमा राख्न सक्छु ।,’ –  बीबीसी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *