वडाको टोलटोलमा रक्तचाप मापन केन्द्र स्थापना

भक्तपुर, २६ असोज । चाँगुनारायण नगरपालिकाले प्रत्येक वडाको टोलटोलमा उच्च रक्तचाप मापन केन्द्र स्थापना गरेको छ ।

उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको तर रक्तचाप मापनका लागि भने भक्तपुर नगरपालिका क्षेत्रमा नै आउनुपर्ने बाध्यता भएपछि टोलटोलमा केन्द्र स्थापना गरिएको हो । नगरपालिकाले प्रत्येक वडाको टोलटोलमा गरेर ५० ठाउँमा यसप्रकारको केन्द्र स्थापना गरेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए ।

केन्द्रका सञ्चालकलाई रक्तचाप मापनका लागि दुई दिनको तालिम प्रदान गरेर ५० वटा रक्तचाप मापन यन्त्रसमेत निःशुल्क प्रदान गरिएको छ । एउटै वडाको पाँचवटा टोलमा स्थापना गरिएका यस्ता केन्द्रमा गएर स्थानीय नागरिकले अब नियमित रुपमा रक्तचाप मापन गर्न सक्नेछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *