‘उपचारमा ढिला नगरौँ’ भन्दै बाथरोग दिवस मनाइयो

काठमाडौँ, २६ असोज । आज १२ अक्टोबर अर्थात विश्व बाथरोग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

नेशनल बाथरोग सेन्टर, नेपाल रुमाटोलोजी एसोशिएसन र लायन्स क्लवको संयुक्त आयोजनामा काठमाडौँको सुन्धारा र ललितपुरको जावलाखेलमा बाथरोग सम्वन्धी बृहत जनचेतनामुलक प्रदर्शनीको आयोजना गरिएको छ ।

यता दिवसकै अवसरमा रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले आज देखि ३० असोजसम्म निशुल्क बाथरोग शिविर शुरु गरेको छ । यस्तै सेन्टरले न्युन आएका भएका बिरामीका लागि हरेक दिन दिउसो २ देखि ४ बजेसम्म सामुदायिक क्लिनिक चलाउने निर्णय समेत गरेको छ । यो सामुदायिक क्लिनिकमा दर्ता शुल्क जम्मा ५० रुपैया मात्रै लिइने सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बताए ।

यता सेन्टरले हड्डी खिइने विरामीका लागि हरेक दिन ४ बजेपछि ओष्टियोपोरोसिस क्लिनिक समेत शुरु गर्ने तयारी भएको जनाएको छ ।
बाथराग एक अटो इम्युन रोग हो । हातका औलाहरु दुख्नु, विहान उठने बेलामा हात खुट्टा अररो हुनु, गोली गाँठो दुख्नु, पिडौँला दुख्नु वा करकर खानु, मांसपेशी कमजोर हुनु, चिसोमा काम गर्दा हात खुट्टा निलो हुनु, राती तथा विहान ढाड दुख्नु, बाथरोगका लक्षण हुन् ।

यसैबीच सुन्धारामा भएको कार्यक्रममा नेपाल रिम्याटोलोजी एशोसियसनका महासचिव डा. दीपेश शाक्यले सानोतिनो जोर्नीको दुखाई र लक्षणमा हेलचक्र्याइ नगर्न आग्रह गरे । उनले भने, ‘सामान्य दुखाई भनेर ढिलो गर्दा अपांग बनाउन सक्छ। त्यसैले समयमै उपचारमा आउनुपर्छ।’ कार्यक्रममा डा. अभिलाशा शाह, डा. लक्की शर्मालगायतले रोग र उपचार सम्बन्धि वानकारी दिएका छन् ।

एकीन तथ्यांक नभएपनि अमेरिकन कलेज अफ रुमाटोलोजीले नेपालमा झण्डै ४० लाखको हाराहारीमा बाथरोगी रहेको उल्लेख गरेको छ ।नेशनल बाथरोग सेन्टरले विगत पाँच बर्ष देखि यो दिवस मनाउदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *