संसदको आजको पहिलो कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक

काठमाडौँ, २६ असोज । सरकारले बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज व्यवस्थापिका संसदमा पेश हुने भएको छ । दिउसो १ बजेबाट बस्ने संसद बैठकको पहिलो कार्य सूची नै यो विधेयक पेश गर्ने रहेको छ ।

आजको बैठकमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले ‘महिला, बालबालिका, ज्यष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३ माथि छलफल गरियोस्’  भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसपछि उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यता डा. गोविन्द केसीले भने माथेमा आयोगको प्रतिवेदन र आफ्ना सुझाव समेटेर मात्रै चिकित्सा शिक्षा विधेयक पेश गर्नुपर्ने अडानमा छन् ।

महिला बालबालिका तथा समाजकल्याण समितिले जुन रुपमा पास गरयो त्यसमा परिवर्तन नभई छलफलमा लैजान नहुने तर्क डा केसीको छ । यही विषयमा पूर्व स्वास्थ्य मन्त्री गगन थापा सहितको टोलीले हिजो डा. केसीसंग बार्ता समेत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *