यी हुन् अदुवाका ७ लाभदायी गुण

अदुवा भान्समा प्रयोग हुने खाद्यबस्तु हो । यसको सेवनले शरीरका लागि निकै फाइदा गर्छ । अदुवालाई बिभिन्न परिकार अचार, मासु, चिया तथा तरकारीहरुमा मसलाका रुपमा प्रयोग गर्ने चलन छ । यति मात्र नभई यसका अन्य धेरै फाइदाहरु छन् ।

१. रुघाखोकी लागेमा २० ग्राम अदुवाको रस निकालेर २ चम्चा महमा मिलाएर बिहान बेलुका सेवन गर्नाले रुघाखोकीमा आराम मिल्छ ।

२. त्यसैगरी अदुवाको रस र मह मिलाई मनतातो पानीसंग पिउनाले दम रोगका लागि फाइदा गर्छ ।

३. चिसोको कारणले हुने बाथ र कम्मर दुखेमा नियमित रुपमा अदुवाको सेवन गर्नाले लाभदायी हुन्छ ।

४. बान्ता भएमा अदुवा र प्याजको रस समान मात्रामा मिलाएर तीन तीन घन्टाको अन्तरमा एक एक चम्चा खानाले बान्ता तथा उल्टी बन्द हुन्छ ।

५. ज्वरो आएमा अदुवा र पुदिना काँडा बनाएर सेवन गर्नाले लाभ मिल्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ ।

६. अदुवाको रसमा हिङ्ग मिसाएर खानाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

७. श्वास गन्हाएमा अदुवा र तुलसीको रसमा मह मिलाएर सेवन गर्नाले श्वास गन्हाउने समस्या बाट मुक्ति मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *