स्कुले बालिकाहरूलाई सरकारद्धारा निःशुल्क ‘प्याड’ वितरण

नामिबिया २६असोज । नामिबियाको शिक्षा मन्त्रालयले विद्यालयमा अध्ययनरत बालिकाहरूलाई बुधबारदेखि निःशुल्क ‘सैनिटरी प्याड’ बाड्न थालेको छ ।

रजस्वलाको बखतमा बालिकाहरू विद्यालयमा उपस्थित नहुने क्रम बढीरहेकाले त्यसलाई कम गर्नका लागि भन्दै यस्तो परियोजना शुरु गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शिक्षामन्त्री कत्रिना हन्स हिमार्वाले परियोजनाको शुभारम्भ गरेकी हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै उनले न्यून आय भएका परिवारका झण्डै पाँच हजार बालिकालाई हरेक महिना यस परियोजनाबाट लाभ उठाउने बताइन ।

मन्त्री हिमार्वाले निःशुल्क प्याड उपलब्ध गराउँदा ३० देखि ५० प्रतिशत छात्रा विद्यालयमा आइरहने सम्भावना रहने एक अध्ययनले देखाएको पनि जानकारी दिइन ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०११÷०१२ मा २२ हजार बालबालिकाले विद्यालयस्तरको पढाई बीचैमा छाडेका थिए ।

उनीहरूमध्ये ठूलो संख्यामा ग्रामीण क्षेत्रका बालिका रहेका छन् । बालिकाहरूले विद्यालय छोड्नुको पछाडि विद्यालयदेखि घरसम्मको दूरी टाढा हुनु, बिरामी भइरहनु, गर्भवती हुनु र असक्त हुनुलगायत मुख्य कारण रहेका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *