हरेक बर्ष असार २० गते प्राकृतिक चिकित्सा दिवस मनाइने

काठमाडौँ, २३ असोज । सरकारले २० असारको दिनलाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । २० असारलाई राष्ट्रिय रुपमा प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाउने सम्वन्धमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले लगेको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।

‘प्राकृतिक चिकित्सा आफ्नै विशेष महत्व हुन्छ । यसलाई हामीले भुल्नु हुँदैन । अझ नसर्ने रोगको जगजगी भएको बेलामा त यसको महत्व झनै बढेर गएको छ । त्यसैले हामीले राष्ट्रिय रुपमै यो न्याचुरल प्याथी दिवस मनाउने निर्णय गरेका हौँ ,’ स्वास्थ्य मन्त्री पोखरेलले भने ।

यसैबीच दिउसो मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ लाई संसोधन मन्त्रा मन्त्रालयको प्रस्तावलाई स्विकृत गरेसंगै मन्त्रालयले सुरक्षा ऐन सम्वन्धी नियमावली अघि बढाउने काम शुरु गरेको छ ।

‘दिउसोको मन्त्रिपरिषद बैठकले ऐन संसोधनको बाटो खोलिदियो । अब त्यसमा आवश्यक पर्ने चिजहरु त आईहाल्छ । त्यसबाहेक अहिलेको आवश्यकता अनुसारको व्यवस्था मिलाउन नियमावलीलाई समेत संगसंगै अघि बढाउनु भनेर सचिव ज्यूलाई निर्देशन दिइसकेको छु । उहाँले आवश्यक परामर्स र सुझाव अनुसार छिटै तयार गर्नुहुनेछ,’ मन्त्री पोखरेलले भने । उनले पछिल्ला दिनहरुमा चिकित्सक तथा स्वास्थ्य संस्थाहरुमाथि हुने गरेको आक्रमणलाई लिएर यो कार्य अघि बढेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *