स्वास्थ्यकर्मी सुरक्षा ऐन संसोधन गर्ने बाटो खुल्यो

काठमाडौँ, २३ असोज । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संंस्था सुरक्षा ऐन २०६६ लाई संसोधन गर्ने बाटो खुलेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ लाई संसोधन गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण हुने क्रम बढेपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पुरानो ऐन संसोधन गर्न आजको बैठकमा प्रस्ताव पेश गरेका थिए ।

‘यो प्रस्ताव पास भएसंगै अब ऐन संसोधनको बाटो खुल्नेछ । र संसोधित ऐन व्यवस्थापिका संसदबाट पास गराइने छ,’ स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले बताए ।

त्यस्तै आजको बैठकले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको सात वटै प्रदेशमा शाखा खोल्ने समेत निर्णय गरेको छ । त्यसैगरी प्रत्येक वर्ष प्राकृतिक चिकित्सा दिवस मनाउने समेत निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *