ट्रम्प प्रशासनद्धारा परिवार नियोजन सम्बन्धी नीति परिवर्तन

बीबीसी, २१ असोज । अमेरिकामा महिलाहरुलाई परिवार नियोजनका साधन नि:शुल्क उपलव्ध गराउने अघिल्लो सरकारको नीतिलाई ट्रम्प प्रशासनले परिवर्तन गरेको छ । यसको असर करीब ६ करोड बढी अमेरिकी महिलाहरुमा पर्ने देखिएको छ ।

अमेरिकी स्वास्थ्य मन्त्रालयले भनेको छ रोजगारदाता तथा बीमा कम्पनीहरुले अब देखि आफ्ना महिला कर्मचारीहरुका लागि परिवार नियोजनका चक्की वा साधन निशुल्क उपलव्ध गराउन बाध्य छैनन् ।

यसअघि कम्पनीहरुले स्वास्थ्य बीमामा धेरैको पहुँच पुर्याउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको ‘अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तर्गत त्यसो गर्नु पर्दथ्यो ।

शुक्रवार घोषणा गरिएको उक्त कदम चुनावी अभियानका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको एउटा महत्त्वपूर्ण प्रतिबद्धताको कार्यान्वयन हो।

महिला अधिकारवादीहरुले गरे आलोचना 

उक्त घोषणाको धार्मिक पुरातनपन्थीहरुले स्वागत गरेका छन् भने महिला अधिकारवादीहरुले आलोचना गरेका छन्। ‘अमेरिकन सिभिल लिबर्टिज युनियन’ ले त्यसलाई अदालतमा कानून चुनौती दिइसकेको छ।

क्यालिफोर्निया राज्यका महान्यायाधिवक्ताले उक्त परिवर्तनविरुद्ध लड्नका निम्ति आवश्यक जेसुकै गर्न आफू तयार रहेको बताएका छन्।ओबामाले ल्याएको ऐन अनुसार बीमा कम्पनीहरुले महिलालाई परिवार नियोजनका साधनहरु निःशुल्क उपलब्ध गराउन पाइरहेका थिए।

‘धार्मिक स्वतन्त्रताको दिशामा एउटा महत्त्वपूर्ण कदम’

अमेरिकी स्वास्थ्य नीतिमा व्यापक फेरबदल ल्याउने प्रयासस्वरुप ओबामाले उक्त ऐन लागू गराएका थिए। तर चुनावी अभियानका क्रममा ट्रम्पले त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।

शुक्रवारको घोषणापछि नाम उल्लेख नगर्ने शर्तमा स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘संस्थाहरुले धार्मिक आस्थाको अनुशरण गर्ने र धार्मिक आस्थाकै आधारमा विभेदको सामना गर्न नपर्ने अवस्था हुनुपर्छ।’

अमेरिकी तल्लो सदनका सभामुख पल रायनले उक्त निर्णय ‘धार्मिक स्वतन्त्रताको दिशामा एउटा महत्त्वपूर्ण कदम’ भएको प्रतिक्रिया दिएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *