प्रेमिकाले छेदन गरिदिएको लिङ्ग जटिल शल्यक्रिया पछि जोडियो

भारत, २१ असोज । चिकित्सको टोलीले प्रेमिकाले ठुन्क्याईदिएको एक पुरुषको लिङ्ग जटिल शल्यक्रिया गरि जोडि दिएका छन् । भारतको केरला राज्यस्थति एस्टर मालाबर इस्टिच्युट अफ मेडिकल साइन्स(एमआईएमएस)का चिकित्सकहरुले गत विहीबार ८ घण्टा लामो शल्यक्रिया गरी लिङ्ग जोडिदिएका हुन् ।

आफूसंग प्रेम गरी अर्कैसंग विहे गर्न लागेको थाह पाएकी एक ३० बर्षिया महिलाले धोका दिने प्रेमीलाई रात विताउन भन्दै स्थानीय होटलमा बोलाएकी थिइन । मलप्पुरम जिलाको कट्टीपुरम लजमा रंगिन रातको कल्पना गर्दै पुगेका प्रेमीलाई कोठामा तयारी अवस्थामा बसेकी प्रेमिकाले योजना अनुसार नै उनको लिङ्ग छेदन गरिदिएकी थिइन ।

‘तीन चौथाई भाग काटिएको थियो । जोडिन एकदमै मुस्किल थियो तर हामीले बाहिरबाट केही चिकित्सक झिकाएर भए पनि यो केशमा सफल भएका छौँ ,’ उपचारमा सम्लग्न डाक्टरलाई उदृत गर्दै अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

२१ सेप्टेम्बरमा भएको सो घटना लगत्तै युवकलाई नजिककैको एमआईएमएसमा भर्ना गरिएको थियो । लिङ्ग काट्ने युवतीलाई भने घटना भएको चार दिन पछि नै प्रहरीले पक्राउ गरि हिरासतमा लिएको जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *