प्रदेश सभा निर्वाचनमा राष्ट्रिय स्वास्थ्यकर्मी संघबाट १२ जनाको नाम सिफारिस

काठमाडौँ, २१ असोज । एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले आगामी मंसिरमा हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य चिर्वाचनका लागि १२ जना स्वास्थ्यकर्मीको नाम सिफारिस गरेको छ ।

पार्टी निकटको पेशागत महासंघ नेपाललाई बुझाएको ती नामहरुमा केही डाक्टर, केही नर्स तथा केही प्यारामेडिक्सहरु छन् । तर सिफारिसमा परेका सबै सदस्यहरु प्रतिनिधीसभामा नभई प्रदेश सभाका लागि मात्रै छन् । संघले प्रदेश सभाका लागि तीन जना प्रत्यक्ष र ९ जनाको नाम समानुपातिक तर्फ सिफारिस गरेको छ ।

नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार प्रदेश सभामा प्रत्यक्ष तर्फ नर्सिङ संघकी अध्यक्ष समेत रहेकी तारा पोखरेललाई काठमाडौँ निर्वाचन क्षेत्र नं – १ का लागि सिफारिस गरिएको छ ।

राष्ट्रिय चिकित्सक संघका महासचिव रहेका डा. रमेश ढकाललाई काठमाडौँ निर्वाचन क्षेत्र नं – २( ख) का लागि उम्मेदवार सिफारिस गरिएको छ । त्यस्तै डा.कृष्ण गोपाल महर्जनलाई ललितपुर क्षेत्र नं – ३ (ख)का लागि प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

यता समानुपातिक तर्फ राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष समेत रहेका भक्तिमान सुब्बालाई प्रदेश सभा तर्फ काठमाडौँ क्षेत्र नं – १ का लागि सिफारिस गरिएको छ । राधादेवी गिरी सिलवाललाई ललितपुर क्षेत्र नं – ३ (क) का लागि सिफारिस गरिएको छ ।

केदारराज पराजुलीलाई काभ्रेपलान्चोक क्षेत्र नं का लागि, केदार बस्नेत क्षेत्रीलाई काठमाडौँ क्षेत्र नं – ६ का लागि, दीपक कुमार न्यौपानेलाई बारा क्षेत्र नं – ४ का लागि सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी संघले दीपक सापकोटालाई झापाबाट, झलक शर्मा पौडेललाई काठमाडौँ – १० का लागि, गंगा थापा काठमाडौँ क्षेत्र नं- ४ का लागि र इश्वरी प्रसाद ढकाललाई काठमाडौँ क्षेत्र- ४का लागि सिफारिस गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *