अब स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिमा जनप्रतिनिधिको नेतृत्व

काठमाडौँ, २० असोज । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अब जननिर्वाचित प्रतिनिधीहरुको नेतृत्वमा हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितिको मापदण्ड पुर्र्नगठन गर्दै यस्तो व्यवस्था गरेको हो ।

स्वास्थ्य मन्त्रालय (मा.मन्त्री स्तरको) निर्णय अनुसार नयाँ मापदण्डमा स्थानीय स्वास्थ्य संस्था को संरक्षकमा सोही स्थानको जननिर्वाचित प्रतिनिधि नगरपालिकाको मेयर अथवा गाउँपालिकाको अध्यक्ष हुने व्यवस्था गरिएको छ । व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने निर्णय भएको छ ।

‘जुन वडामा प्राथामिक स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन् भने मेयर अथवा गाँउ पालिकाको अध्यक्ष संरक्षक हुने निर्णय भएको छ,’ स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।

जननिर्वाचित प्रतिनिधीको नेतृत्वमा बन्ने समिति सात सदस्यीय हुनेछ । समितिमा अध्यक्षले मनोनित गरेको व्यक्ति उपाध्यक्ष हुने व्यवस्था गरिएको छ ।

अन्य सदस्यहरु स्वास्थ्य चौकी रहेको क्षेत्रको बिद्यालयका प्रमुख, स्थानीय व्यापार संघको प्रतिनिधि, संरक्षकबाट मनोनित स्थानीय लब्ध प्रतिष्ठित एकजना महिला सहित एकजना वडा कार्यालयको अधिकृत गरी दुईजना सदस्य रहनेछन् ।

समितिको सदस्य सचिव भने प्राथामिक स्वास्थ्य केन्द्र अथवा स्वास्थ्य चौकी प्रमुख हुने मन्त्री स्तरिय निर्णय भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *