फार्मेसी परिषदका अध्यक्ष हुमागाईँमाथि दुर्व्यवहार गर्ने उपर कारबाहीको माग

काठमाडौँ, २० असोज । नेपाल फार्मेसी परिषदले आफ्ना अध्यक्ष बाबुराम हुमागाँई माथि गरिएको दुर्व्यवहारको भत्र्सना गरेको छ । दश दिन अघि  भएको घटनाको बारेमा आज विज्ञप्ती जारी गर्दै परिषदले घटनामा सम्लग्न व्यक्तिको नियन्त्रणमा लिई कारबाही गर्न माग गरेको छ ।

अध्यक्ष हुमागाँईमाथि गत १० असोजका दिन कार्यकक्षमा रहेकै बेला ‘योङ फर्मासिष्ट ग्रुप’को नाममा आएको समूहले अनुहारमा मोविल पोतिदिएर भागेको थियो । सो ग्रुपले परिषदका अध्यक्ष हुमागाँईमाथि अपारदर्शीरुपमा काम गरी लाखौँ रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाएको थियो ।

परिषदका रजिष्ट्रार पान बहादुर क्षेत्रीद्धारा आज जारी विज्ञप्तीमा बर्तमान परिषदका पदाधिकारीको नियुक्ति पछि भएका कामहरु कानून सम्वत र पारदर्शी ढंगले हुँदै आएको भन्दै आरोपको समेत खण्डन गरिएको छ ।

परिषदबाट फार्मेसी क्षेत्रमा गरिएका सुधार र विकास गतिविधिहरु सम्वन्धमा तमाम फार्मेसी समूह जानकार छ भन्ने परिषदको विश्वास छ । व्यक्तिको चरित्रहत्या गर्ने उक्त गलत क्रियाकलापमा सम्लग्न व्यक्तिहरुको यथासिघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रशासन समक्ष अनुरोध गर्दछ भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *