दशैंमा रोकिएको डा. गोविन्द केसीको अनशन पुन: सुचारु

काठमाडौँ, १९ असोज । डा. गोविन्द केसीले दशैं अघि स्थगित गरेको अनशनलाई निरन्तरता दिएका छन् ।

चिकित्सा शिक्षा विधेयक तोडमोडका साथ पास गर्ने क्रममा रहेको, माफियासंग मिलेर सम्वन्धन प्रक्रिया अघि बढाएको, एमबीबीएस तथा बीडीएसमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको तथा दुर्गम क्षेत्रमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि नबढेको जस्ता मागहरु अघि सार्दै उनले अनशन शुरु गरेका हुन् ।

अघिल्लोपटक ९ असोजमा आकस्मिक रुपमा अनशन बसेका डा. केसीले ११ असोजमा स्थगित गरेका थिए । उनले यसअघि नै आजको मिति सार्वजनिक गरी अनशन बस्ने बताइसकेका थिए ।

केही बेर अघि त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफ्ना ४ बुँदे मागमा सरकारले ध्यान नदिएको भन्दै अनसन बस्नुको विकल्प नभएको बताएका थिए । उनले आफ्नो अनसन अघि पाँचबजेबाट शुरु भएको बताएका छन् ।

उनका मागहरु यस्ता छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *