मुटुरोग लाग्न नदिन अपनाउनुस् यी १० कुरा

नसर्ने रोगको सूचीमा मुटुरोग पहिलो नम्बर आउँछ । र ज्यान लिने रोगहरुको सूचीमा पनि यो प्रमुख छ । तर हामी हाम्रो खानपान, जीवनशैलीमा सामान्य परिवर्तन तथा सावधानी अपनायौँ भने मुटुरोग लाग्नबाट जोगिन सक्छौँ । त्यसका लागि चिकित्सकहरुले यी दश कुरामा ध्यान दिन आग्रह गर्दछन् :

१. चुरोट, बिंडी, सुर्ती, खैनी गुड्खा जस्ता सूर्तिजन्य पदार्थको प्रयोग नगरौँ ।
२. दैनिक ३० मिनेट छिटो छिटो हिंडने, ब्यायम गर्ने, योग गर्ने ।
३.  हरियो तरकारी र फलफुल प्रशस्त खाने । नून, चिनी कम खाने ।
४.  बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने ।
५.  मोटो शरीर भए तौल घटाउने ।
६.  पिर चिन्ता नलिने, कसैसंग नरिसाउने , उत्तेजनामा नआउने, नझर्किने ।
७.  उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगलाई पालेर नराख्ने तुरुन्त उपचार गर्ने ।
८.  दैनिक ६-८ घण्टा सुत्ने  ।
९. अरुलाई सहयोग गर्ने माया गर्ने । सामाजिक कार्यमा लाग्ने ।
१०.  नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने (कम्तीमा बर्षको एक पटक) ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *