चिकित्सक आन्दोलनका पक्षमा एनएमए उपाध्यक्षका पाँच तर्क

– प्राडा ढुण्डीराज पौडेल

चिकित्सकहरु प्रति पनि मानविय व्यवहार हुनुपरयो । के बुझ्नु परयो भने उनीहरू भगवान होइनन् बरु अरु जस्तै मन र मुटु भएका मान्छे हुन् । उनीहरू पनि कसैका छोराछोरी बाबुआमा हुन् ।

चिकित्सकले पनि अरुले जस्तै व्यबहारको अपेक्षा गरेका हुन्छन् ।मान्छे भए पछि गल्ती कमजोरी हुन्छन् । त्यस्तै त्रुटि कहिलेकाँही चिकित्सकबाट पनि हुनसक्छ । र ती विषयमा आत्मसमिक्षा जरुरी हुनसक्छ ।गल्ती कमजोरीहरु सुधार्नु पनि पर्छ ।

अहिलेको सन्दर्भमा नेपाल चिकित्सक संघले बाध्य भै यो कडा कदम चालेको हो । किनभने हेरौँ न भरतपुरमा हिजो मात्रै त्यस्तो इमान्दार सिधा मानिएका डा सुनिल कुमार साह माथि त्यस्तो आक्रमण भयो । यो अमानविय र दुव्र्यभारको जति भत्र्सना गरेपनि कम हुन्छ ।
र अहिले चिकित्सक संघले गरेको आन्दोलनका विषयमा केही प्रष्ट पार्न चाहन्छु ः

१.जनताले भोगेको सास्ती लाई आत्मसात गर्दागर्दै पनि , उच्च(मनोबलका साथ र निर्भय बन्दै ढुक्क भएर आर्जित ज्ञान र सिपको अधिकतम प्रयोग गरि रोगीहरुलाइ स्वदेशमै उपचार सेवा प्रदान गर्न सक्ने वातावरणको माग गर्नु के नेपाल चिकित्सक संघको अर्घ्येल्याइ हो ?

२. आकस्मिक कक्ष देखि सबै क्षेत्रमा बिरामीको उपचारमा संलग्न हुने क्लिनिसियन चिकित्सकहरु कहिले सम्म शोषित भैरहने ?

३. अत्यन्तै न्यून पारिश्रमिकमा कतिन्जेले आफ्नो र परिबारको जीवन धान्ने ? कहिलेसम्न दुई तीन सय रुपैया थाप्न दरदर भड्किरहने ? कहिले सम्म बिरामीको शोषण गर्ने माध्यम मात्रै बनिरहने ?

४. अन्य पेशावालहरु जस्तो वरिष्ठ हुँदै जाँदा लाखौ पारिश्रमिक थाप्ने ,गैर क्लिनिसियन र गैर चिकित्सकहरु सरकारी उच्च तहमा पुग्दा पाउने सवारी लगायतका सेवाहरुबाट किन चिकित्सकहरु मात्रै बंचित ?

५. घुसखोरी, महंगी, तस्करी ,कमिसन, दलाली जस्ता बिकृतिहरु मौलाउदै गएर सृजित भएको महंगीले गर्दा इमानदार र दुई नम्बरिया नाजायज रुपमा आर्थिक लाभ गर्नेहरू बाहेक अन्य पेशावालहरुको दैनन्दिनी सकसपुर्ण छ । सिमित संख्याका ( १० देखि २० प्रतिशत )बाहेक अन्य चिकित्सहरुको अवस्था कठिनपुर्ण छ ।एकातर्फ सदैव भयाक्रान्त भै डर त्रास र अबिश्वासमा बाँचिरहँनुपर्ने अर्को तर्फ न्यून आयमा जीवन गुजार्नुपर्ने दोहोरो अभिसापले कहिले सम्न अभिसप्त भैरहने ?

अपवाद बाहेकका चिकित्सकहरुले भोग्नुपरेका यी नियतिहरुबाट चिकित्सकहरुलाइ मुक्त गरे पछि अवश्य नै पेशागत इमानदारीता र नैतिकताका लागि क्लिनिकल चिकित्सकहरुलाई बाध्य पार्न पनि सकिनेछ ।
सरकार ,चिकित्सक संघ, मेडिकल काउन्सिल लगायत स्वयं चिकित्सकहरुको सामुहिक आवाज र प्रयासमा यो संभव छ ।
बन्द हडताल स्थगित भए पश्चात पनि उठान भएका सवाल र मागहरू पुरा नहुन्जेल चिकित्सक संघ र संम्पूर्ण चिकित्सकहरु जुझारु भैरहनुपर्ने आवश्यकता छ ।

– डा.  पौडेल नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *