‘मुटुका बिरामीले चिल्लो कम भन्दा बढी खाएकै राम्रो’

काठमाडौँ, १० असोज । चिकित्सकहरुले मुटुका विरामीहरुलाई चिल्लो कम खाँदा बढी स्वस्थ हुने भन्ने धारणा पुरानो भएको बताएका छन् । नयाँ अध्ययनले अति कम चिल्लो खानेहरुको तुलनामा अलि बढी चिल्लो खानेहरु स्वस्थ रहेको देखिएको भन्दै उनीहरुले खानामा चिल्लो साह्रै कम नगर्न सुझाव दिएका हुन् ।

रोटरीक्लव अफ पाटन र नेपाल एनसीडी एलायन्सले सोमबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुका विरामीहरुले चिल्लो बार्नैै पर्ने भन्ने धारणा परिवर्तन भएको बताए । अठार देशका १ लाख ३५ हजार मानिसमा ७ बर्ष लगाएर गरिएको अध्ययनबाट चिल्लो खानेको तुलनामा चिल्लो कम खानेहरु अस्वस्थ भएको देखिएको भन्दै चिल्लो बढाउन सुझाव दिए । यद्धपी उनले अति बढी नै भने नखान आग्रह गरे ।

प्रोस्पेक्टिभ अर्वान एण्ड रुरल इपिडिमियोलोजिक (पीयुआरई) स्टडीले गरेको अनुसन्धान प्रतिवेदनलाई उदृत गर्दै डा रेग्मीले कम चिल्लो खानेका तुलनामा बढी चिल्लो खानेहरु स्वस्थ रहेको भन्दै चिल्लो पदार्थ खान सुझाव दिए । उनले सकेसम्म बढी फलफुल तथा हरियो सागसब्जी खान जोड दिए ।

कार्यक्रम बरिष्ठ मुटुरोग विशेषज्ञद्धय डा यादवदेव भट्ट र डा अवनीभुषण उपाध्यायले चाडपर्व खानपान र मुटुरोगको बारेमा आफ्ना धारणा राखेका थिए ।

उनीहरुले धुमपान नगर्न, फलफुल र सागसब्जीमा जोड दिन तथा शारीरिक व्यायमलाई नियमित गर्न सुझाव दिए । कार्यक्रममा रोटरीक्लव अफ पाटन अन्तगर्तका रोटरियनहरुको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *