स्क्रब टाइफसबाट दुई महिनामा २०० बढी संक्रमित

चितवन, १० असोज । विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल, रत्ननगरमा नौ, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय डाइग्नोस्टिकमा १३, मनकामना अस्पतालमा दुई, सेन्टर अस्पतालमा एकजना संक्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।

यही अवधिमा दुईजनाको मृत्यु भएको थियो । मुसाको शरीरमा हुने सूक्ष्म माईट नामक किराले टोकेमा यो रोग सर्ने गर्छ । विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ ।

केसीका अनुसार सोही समयमा ११ जना डेंगु संक्रमित भेटिएका छन् । ४८७ जनाको परीक्षणमा सो संख्यामा डेंगु संक्रमित भेटिएको उनले बताए ।

कार्यालयका अनुसार इन्फ्लुन्जा एचवान एनवानबाट संक्रमित ३९४ जना भेटिएका छन् । बर्षको जुन महिनामा १६, जुलाईमा ११८ जना र अगस्टमा २६० जना संंक्रमित भेटिएको कार्यालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *