संसद भवनमा धर्ना दिन गएका दर्जन चिकित्सक विद्यार्थी गिरफ्तार

काठमाडौँ, ९ असोज । माफिया मुखी चिकित्सा शिक्षा विधेयक पारित हुन लागेको भन्दै संसद भवन नयाँ बानेश्वरमा धर्ना दिन पुगेका करीब एक दर्जन चिकित्सक तथा विद्यार्थीहरु गिरफ्तार भएका छन् । उनीहरुलाई प्रहरीले तिनकुनेस्थित प्रहरी बृत्तमा लगेर राखेको छ ।

गिरफ्तार हुनेहरुमा शशि विक्रम कार्की, विशद दाहाल, डा जीवन क्षेत्री, नवराज थापा, पुकार बम, सस्मित पोखरेल रहेका छन् । त्यस्तै
रविन्द्र बानियाँ, डा अभिशेक सिंह, जगनाथ लामिछाने, लेलिन विष्ट र कश्यप श्रेष्ठ रहेको संगै गिरफ्तारिमा परेका विशद दाहालले जनाए ।

यता माफिया गिरि पक्षपोषण गर्ने गरी तयार पारिएको चिकित्सा शिक्षा विधयेक आजै पारित हुन लागेको भन्दै त्यसको विरोधमा डा. गोविन्द केसीले १२ औँ अनसन थाल्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *