डा. गोविन्द केसीले आज ११ बजेबाट अनसन शुरु गर्ने

फाइल फोटो

काठमाडौँ, ९ असोज । डा. गोविन्द केसीले आजबाट १२ औँ अनसन शुरु गर्ने भएका छन् । अहिले विहान ११ बजे त्रिवि शिक्षण अस्प्तालमा पत्रकार सम्मेलन मार्फत अनसन शुरु गर्ने भएका हुन् ।

‘संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टि भएकाले सो काम रोकेर सही रुपमा चिकित्सा शिक्षा ऐन ल्याउन तथा हाम्रा अन्य मागहरु पूरा गर्नका लागि आज बिहान ११ बजेदेखि सत्याग्रह शुरु गर्ने कार्यक्रम छ,’ डा. केसीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यसअघि डा. केसीले सरकारलाई २० असोजसम्मको अल्टिमेटम दिएका थिए । डा. केसीले ठिक दुई महिना अघि( ९ साउन)बाट ११ अनसन शुरु गरि २३ औँ दिनमा तोडेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *