फिर्ता भएन चिकित्सकको आन्दोलन, भोलि पनि अस्पताल बन्द

काठमाडौँ, ८ असोज । आफ्ना मागका विषयमा सरकारसंग सहमति नभएको भन्दै नेपाल चिकित्सक संघ(एनएमए)ले अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने कार्यक्रम भोलि पनि यथावत रहेको जनाएको छ ।

आज अपरान्ह विज्ञप्ती जारी गर्दै एनएमएले ६ बजेसम्मको बार्ता सहमतिमा नपुगेपछि दवाव दिन भोलिबाट थप कार्यक्रम शुरु गर्न लागेको जनाएको हो ।

एनएमएले सार्वजनिक गरेको दवावमुलक कार्यक्रम यस्तो छ :

१) मिति २०७४ आश्विन ९ गते काठमाडौं उपत्यकामा रहेका आकस्मिक सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बाहेक अन्य सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विहान १० बजे एप्रोन सहित स्वास्थ्य मन्त्रालयको प्राङगणमा २ घण्टा धर्नाको कार्यक्रममा अनिवार्य उपस्थिति हुने ।

२) संघका शाखा कार्यालयहरु र अन्य जिल्लाहरुका हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्राङगणमा विहान १० आकस्मिक सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बाहेक अन्य सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु २ घण्टा धर्नाको कार्यक्रममा एप्रोन सहित उपस्थित हुने ।

३) भोली दिउसो १ बजे नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका पूर्व अध्यक्ष तथा महासचिवहरु, उपत्यकामा रहेका स्वास्थ्य संस्थाका निर्देशक, संचालक, प्रमुख, विभिन्न विशेषज्ञ समाजका प्रमुखहरु, नर्सिङ तथा प्यारामेडिक संघ संगठनका प्रमुखहरु लगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भेला गर्ने ।

४) संघका शाखा कार्यालयहरुले आफ्ना शाखा अन्तर्गत रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समेत दिउसो १ बजे देखि आ आफ्ना शाखा कार्यालयहरुमा जम्मा भई थप आन्दोलनका रणनीतिबारे व्यापक छलफल गर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *