महाकाली अञ्चल अस्पतालको सेवा ठप्प

कञ्चनपुर, ८ असोज । आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन् ।

तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र जान थालेका छन् । सरकारले ल्याएको विधेकको विरोध गर्दै चिकित्सक आन्दोलनमा गएपछि बिरामीले चर्को शुल्क तिर्दै निजी क्लिनिक र भारतका निजी अस्पतालमा उपचार गराउनुपरेको छ ।

चिकित्सकको राष्ट्रव्यापी आन्दोलन भएकाले यसबाट बिरामी मर्कामा परेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । दुर्गम गाउँबाट उपचारका लागि पुग्ने बिरामीले बढी सास्ती खेप्नु परेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *