विशिष्ठ अंकका साथ स्वास्थ्यमा उत्कृष्ठ जिल्ला बन्यो सुर्खेत (सूची सहित)

काठमाडौँ, ८ असोज । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा सुर्खेत जिल्ला यसबर्षको उत्कृष्ठ जिल्ला घोषित भएको छ ।

गतवर्ष दोस्रो स्थानमा रहेको सुर्खेतले यसबर्ष ८९.१ अंकका साथ प्रथम भएको हो । सुर्खेतले गतवर्ष ९०.५४ नम्बर ल्याएर पनि दोस्रो भएको थियो ।

यता गतवर्षको प्रथम अछाम यसपटक दोस्रो भएको छ । उसले यसपटक ८८.४ अंक प्राप्त गरयो । गत बर्ष अछामले ९२.३७ अंक ल्याई प्रथम भएको थियो ।

यस्तै गतवर्ष दशौ स्थानमा रहेको प्यूठान यसपटक ८६.२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । गतवर्ष १० औँ स्थानमा रहँदा पनि उसले ८६.१८ अंक ल्याएको थियो ।

प्रदेशस्तरको मुल्यांकनमा एक नम्बर प्रदेशबाट झापा, दुई नम्बरबाट पर्सा, तीन नम्बर प्रदेशबाट ललितपुर जिल्ला उत्कृष्ठ भएका छन् । त्यस्तै ४ नम्बर प्रदेशबाट कास्की, ५ नम्बर प्रदेशबाट प्यूठान, ६ नम्बर प्रदेशबाट सुर्खेत र ७ नम्बर प्रदेशबाट अछाम जिल्ला उत्कृष्ठ ठहर भएका छन् ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारीले मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा जिल्लाहरुको उत्कृठताको सूची तयार भएको बताए ।

मन्त्रालयले बर्षभरका लागि दिएको कार्यहरुको सम्पादन गरेको आधारमा उत्कृष्ठता छुट्याउने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *