असोज २ को निर्णय सरकारले गरयो सार्वजनिक

काठमाडौँ, ६ असोज । गत असोज २ गते भएको भनिएको विवादास्पद निर्णयले चिकित्सकहरु आन्दोलित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले आज प्रेश विज्ञप्ती जारी गर्दै गत सोमबार भएको मन्त्रिपरिषद्को निर्णय समेत सार्वजनिक गरेका छन् । चिकित्सकहरुले मन्त्रिपरिषदबाट उपचारका क्रममा विरामीको मृत्यु भए लापरबाही भन्दै चिकित्सकबाट क्षतिपूर्ति भराउने नियम बनाउन लगाएको भन्दै आजबाट देशव्यापी रुपमा ओपिडी बन्दमा उत्रिएका छन् ।

यता स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले समाचारमा आएको जस्तो निर्णय नभएको भन्दै आन्दोलन फिर्ता लिन आवहान गरेका छन् ।
सरकार र चिकित्सकबीच अहिले पनि बार्ता चलिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *