मन्त्रिपरिषदको निर्देशन बारे निर्णय गर्न स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बस्दै

काठमाडौँ, ५ असोज । मन्त्रिपरिषदको निर्णयबिरुद्ध चिकित्सकहरु आन्दोलित भएपछि यस विषयमा छलफल गरी आवश्यक निस्कर्षमा पुग्न स्वास्थ्य मन्त्रालयले आज आकस्मिक बैठक डाकेको छ ।

बेलुका ६ बजे स्वास्थ्य मन्त्रालयमा बस्ने बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा किरण रेग्मी सहित आन्दोलनरत नेपाल चिकित्सक संघ सहित आन्दोलतर चिकित्सकहरुका प्रतिनिधीहरुको सहभागिता हुने बताइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपचारका क्रममा लापरबाही भई विरामीको ज्यान गए त्यसको क्षतिपूर्ति चिकित्सकबाटै उठाउने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । चिकित्सकहरुले यसले दण्डहिनता र अराजकता मौलाउने र चिकित्सकहरुमा हतोत्साहित हुने बताउँदै आएका छन् । उनीहरुले निर्णय फिर्ता नलिए भोलिबाट देशव्यापी रुपमा अस्पताल बन्द गर्ने निर्णय समेत गरेका छन् ।

यता सरकारको निर्णय प्रति स्वास्थ्य मन्त्री स्वयं समेत खुशी छैनन् । स्वास्थ्य मन्त्री नभएका बेला विना जानकारी स्वास्थ्यको निर्णय गरेको भन्दै असन्तुष्ट बनेका छन् । गत बुधबार भएको एक कार्यक्रममा उनले २०६६ सालमा आफू स्वास्थ्य मन्त्री हुँदा नै लापरबाही गर्ने विरुद्ध कानून ल्याइसकेको भन्दै नयाँ नियम आवश्यकता नरहेको संकेत गरेका थिए ।

मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले मन्त्रिपरिषदको बैठकले दिएको निर्देशन बारेमा सबै सरोकारवालासंग छलफल गरी आवश्यक निर्णय लिन आज बैठक डाकिएको बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *