‘मर्निङ वाक’मा निस्कनेले नि:शुल्क ‘ब्लड प्रेसर’ जाँच गर्न पाउने

काठमाडौँ, ५ असोज । अब मर्निङ वाकमा निस्कने व्यक्तिले हरेक दिन विहान चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल पुगेर निशुल्क ब्लड प्रेसर जाँच गर्न सक्नेछन् । अस्पतालले उनीहरुको एकदमै न्युन शुल्कमा ब्लडसुगर पनि जाँच गर्न सक्ने व्यवस्था मिलाएको छ ।

दशौँ बार्षिकोत्सवको अवसरमा अस्पतालले शुरु गरेको जनतासंग हेल्पिङ ह्याण्ड्स कार्यक्रम अन्तर्गत यी सेवा शुरु भएको हो ।  ‘नयाँ सेवा अन्तरगत अब हरेक दिन विहान ७ देखि ८ बजेसम्म निःशुल्क ब्लड प्रेसर जाँच हुन्छ । र एकदमै न्युन शुल्कमा ब्लड सुगर पनि जाँच गर्न पाइन्छ,’ अस्पताल सञ्चालन गर्ने संस्था हेल्पिङ ह्याण्ड्स नेपालका अध्यक्ष डा. कृष्ण अधिकारीले बताए ।

उनले जनचाहना अनुरुप अरु सेवा पनि थप गर्दै लैजाने जानकारी दिए । ‘अहिले संसारभर नसर्ने रोगको विगविगि छ । त्यसबाट नेपाल अछुतो छैन । नसर्ने रोगबाटै बच्नका लागि हामी मर्निङ वाक पनि गर्छौँ । तर सामान्य प्रेसर तथा सुगर जाँच गर्न भुलिरहेका हुन्छौँ वा आवश्यकता ठान्दैनौँ । त्यसैलाई समेटन र जनतालाई स्वास्थ्य प्रति सचेत गराउन यो कार्यक्रम शुरु गरिएको हो,’ डा. अधिकारीले भने ।

अस्पतालका कार्यकारी अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठले हेल्पिङ ह्याण्ड्स अस्पताललाई गरीब, विपन्न र बाठा मानिसहरुको अस्पताल भन्दै सस्तो सुलभ रुपमा स्तरीय सेवा दिने भएकोले गरीब तथा विपन्न मात्रै नभई बाठा मानिसको पनि आफ्नो अस्पताल रोजाइमा परेको बताए ।

स्थापनाको १० बर्षमा १० लाख बढीलाई उपचार सेवा प्रदान गरेको बताउँदै बर्षमा औषत चालिस लाख बढिको उपचार छुट दिने गरेको बताए । उनले अस्पतालले निकट भविस्यमै सिटिस्क्यान तथा हेमोडायलासिस सेवा शुरु गर्ने जानकारी दिए ।

केपी ओलीको ब्लड प्रेसर जाँच गर्दै कार्यक्रमको शुभारम्भ

यसैबीच अस्पतालले नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओलीका ब्लड प्रेसर जाँच गरी कार्यक्रमको शुभारम्भ गरेको छ ।

‘जनतासंग हेल्पिङ ह्याण्ड्स कार्यक्रम’ शुभारम्भ गर्न पुगेका अध्यक्ष ओलीले आफ्नो प्रेसर जाँच गरी कार्यक्रम शुरु भएको घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष ओलीले प्रेसर सुगर जस्ता सामान्य जाँच नगर्दा ठूला ठूला स्वास्थ्य समस्या आइपर्ने भन्दै अस्पतालले आम सर्वसाधारणका लागि निशुल्क जाँचको व्यवस्था गरी पुन्य काम गरेको बताए ।

उनले हेल्पिङ ह्याण्ड्स अस्पतालको सेवा उत्कृष्ठ रहेको भन्दै आफ्नो लागि पारिवारिक अस्पताल भएको टिप्पणी गरे । ‘मेरो बुबाको आमाको , भाई बुहारीहरु गरी धेरै जनाको धेरै पटक उपचार भएको छ । यहाँको सेवाबाट म सन्तुष्ठ छु,’ ओलीले भने ।

उनले आम सर्वसाधारणलाई स्वास्थ्यको पहुँचमा पुरयाउन आफ्नो पालामा स्वास्थ्य बीमा, निशुल्क डायलासिस जस्ता कार्यक्रम शुरु गरेको भन्दै हेल्पिङ ह्याण्डले पनि आम सर्वसाधारणलाई लक्षित गरी निशुल्क खालका कार्यक्रम अघि सार्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *