आईओएमका सहायक डिन प्राडा द्धारिका श्रेष्ठद्धारा राजिनामा

काठमाडौँ, ३ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका सहायक डिन प्राडा द्धारिका श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । स्वास्थ्यको कारण देखाई उनले पदबाट राजिनामा दिएका हुन् । उनी एक महिना अघि मात्रै सहायक डिनमा नियुक्त भएका थिए ।

दुई दिन अघि मात्रै अर्का डिन प्राडा राजेन्द्र गुरागाँईले पदबाट राजिनामा दिएका थिए । उनले पनि स्वास्थ्यको कारण देखाई सहायक डिन सहित त्रिवि सेवाबाट समेत राजिनामा दिएको पत्र बुझाएका थिए । उनी केही दिन अघि ओम अस्पतालमा नाकको शल्यक्रिया प्रकरणमा विवादमा तानिएका थिए ।

त्रिवि कार्यकारीले गत ९ साउनमा अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्राडा श्रेष्ठ र गुरागाई सहित ४ जनालाई सहायक डिनमा नियुक्त गरेको थियो । तर यी दुबै डिनले अस्थायी प्रकृतिको पदमा नजाने भन्दै अस्विकार गरेका थिए । पछि ३१ साउनमा डा गोविन्द केसीको एघारौँ अनसन स्थगित हुँदै गर्दा चारै जना सहायक डिनलाई स्थायी नियुक्ति गर्ने निर्णय गरेको थियो ।

‘स्वास्थ्यको कारण देखाउँदै दुबै जनाले राजिनामा दिनु भएको छ,’ त्रिवि उपकुलपति प्राडा तिर्थ खनियाँले भने, ‘स्विकृत भइसकेको छैन् ।’
स्रोतका अनुसार दुबै जना निजी प्राक्टिसमा लागेका चिकित्सक हुन् । पदाधिकारीहरुमाथि निजी प्राक्टिसमा कडाई गर्ने योजना अघि सारेपछि दुबैजनाले राजिनामा बुझाएको हुनसक्ने आशंका गरिएको छ ।

दुबैजना डा गोविन्द केसीको सल्लाहमा आइओएमबाट सहायक डिनमा सिफारिस भई नियुक्त भएका थिए । त्यतिवेला संगै नियुक्त भएका प्राडा मधु देवकोटा र मन्दिरा पन्त र क्याम्पस प्रमुख प्राडा प्रताव नारायण दास कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *