आइओएमका सहायक डीन प्राडा राजेन्द्र गुरागाँईद्धारा राजिनामा

काठमाडौँ, २ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का सहायक डीन(परीक्षा तर्फका) प्राडा राजेन्द्र गुरागाईँले त्रिवि सेवाबाट राजिनामा दिएका छन् ।

आइओएमको सहायक डिन नियुक्ति भएको एक महिना पुग्दा नपुग्दै स्वास्थ्यको कारण देखाई उनले त्रिवि सेवा (आइओएमको सहायक डीन तथा प्राध्यापक )बाट राजिनामा दिएका हुन् । यद्धपी उनको राजिनामा स्विकृत भइसकेको छैन् ।

गत साता ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक महिलाको ज्यान गएपछि डा गुरागाँई विवादमा मुछिएका थिए ।

बुटवल शंकरनगरकी ४० बर्षीया कमला भट्टराईको शल्यक्रिया डा गुरागाँईकै टोलीले गरेको थियो । शल्यक्रिया गरेको चार दिनपछि भट्टराईको मृत्यु भएको थियो । मृत्युपछि अस्पतालले ठूलो रकम क्षतिपूर्ति तिर्नुपरेको समाचार सार्वजनिक भएको थियो ।

आईओएमका पदाधिकारीहरु भईसकेको व्यक्ति निजी प्राक्टिसमा गएको र ओम अस्पतालको केशले ठूलो रुप लिएको भन्दै त्रिविले समते डा गुरागाँईको बारेमा छानवीन अघि बढाउदै थियो । ‘सोही कारण हुनसक्छ उहाँले राजिनामा दिनुभएको छ,’ त्रिवि स्रोतले भन्यो ।

त्यसो त ओम अस्पतालको सो काण्डमा स्वास्थ्य मन्त्रालयले समेत छानवीन अघि बढाएको छ । छानवीनमा डा गुरागाँई समेत तानिएका थिए ।

बरिष्ठताको आधारमा सहायक डीनको नियुक्ति हुनुपर्ने भन्दै एघारौँ अनसन बसेका डा गोविन्द केसीको माग पुरा गर्न गत ९ साउनमा बसेको त्रिवि कार्यकारी परिषदको बैठकले गुरागाँई सहित ४ जनालाई काम चलाउ सहायक डीन नियुक्त गरेको थियो । तर त्यसरी गरिएको नियुक्तीलाई न डा केसीले माने न त डा गुरागाईँले नै । अनसन जारी रह्यो ।

गत ३१ साउनमा देशमा आएको बाढी पहिरोको कारण जनाउँदै एक पक्षीय रुपमा अनसन तोडदै गर्दा आन्तरिक रुपमा डा गुरागाई सहितका ४ जनाको स्थायी नियुक्ती गर्ने सहमति भइसकेको थियो । सोही अनुसार उनीहरु स्थायी रुपमा सहायक डीन भएका थिए ।

त्रिवि उपकुलपति प्राडा तिर्थ खनियाले स्वास्थ्यको कारण भन्दै राजिनामा आएको बताए । उनले राजिनामा स्वीकृत भईनसकेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “आइओएमका सहायक डीन प्राडा राजेन्द्र गुरागाँईद्धारा राजिनामा

  1. राम्रो कुरा ! सुरुआत त भयछ निस्कर्ष मा पनि पुगोस ! सिनियर भएपछी जे गर्न नि पाइञ्छ ? अपरेसन गर्ने बिरामी को होस् न आउदै मिलिक्क अर्को अस्पताल मा पुग्ने ( वहा लाइ हतार भैसक्यो रे ), जटिल अपरेसन गरेका बिरामी लाइ दिन भरि मेडिकल अफिसर भर मा छोड्ने, राउण्ड गर्न वेड साइड नजाने, भर्खर अपरेसन गरेका कम्जोर बिरामी लाइ पनि ओपिडी मै झिकायर राउण्ड गर्ने, अत्यधिक रिसाउने झर्किने श्री श्री श्री प्रा डा राजेन्द्र गुरागाई सर का बिषेसता हरु हुन् . यिन कै निगरानी नपुगेर बिरामी मा जटिल कम्प्लिकेसन आएर बिरामी को मृत्यु भएको हुन सक्छ . यिन ले जानी जानी मारेका त होइनन तर अस्पताल नछोडी फुल टाइम दियर बिरामी हेरेको भए कम्प्लिकेसन हरु समय छदै म्यानेज गर्न सकिन्थ्यो कि ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *