१० हजार नहुँदा दृष्टिविहीन युवतीको उपचार रोकियो

पर्वत, १ असोज । यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२ की लैला खातुनको मिर्गौला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या भएको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण अस्पतालले रु १० हजार धरौटी मात्रै माग गर्दा पनि उपलब्ध गराउन नसक्दा उनको उपचार हुन सकेको छैन ।

पीडित खातुन अस्पतालको शै्ययामा छट्पटाइरहँदा उनका बाबु मोहम्मद अब्दूर रहमन दाताको खोजीका लागि विभिन्न स्थानमा धाइरहेका छन् ।

“सम्पत्तिका नाममा एक टुक्रा जग्गा पनि छैन”, उहाँले भन्नुभयो “छोरीलाई १० हजार रुपैयाँ जुटाउन सके पनि धेरै सहयोग हुने थियो । ” उनले छोरीका लागि अस्पतालले रकम छुट गरेर रु १० हजार मात्रै माग्दा पनि आफूले उपलब्ध गराउन नसकेको दुखेसो गरे ।

२० वर्षीया लैलाका शिक्षक हरिप्रसाद शर्माले समेत लैलाको जीवन रक्षाका लागि सहयोग प्रदान गर्न सहयोग दातासमक्ष आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *