नवजात शिशुको नि:शुल्क उपचार गर्न सरकारले छुट्यायो ११ करोड

काठमाडौँ, ३० भदौ । जन्मेदेखि २८ दिनसम्मका विरामी शिशुको नि:शुल्क उपचार गर्न सरकारले यसबर्ष ११ करोड ३५ लाख रकम छुट्याएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखले सञ्चालन गरेको समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तरगर्त खर्च हुने गरी सो रकम छुट्याएको हो ।

यो कार्यक्रम गतवर्ष देखि नै सुरु भएपनि त्यति अहिलेसम्म त्यति प्रभावकारी भने भइसकेको छैन । गतवर्ष यहि कार्यक्रमका लागि मन्त्रालयले ३ करोड ८८ लाख रुपैयाँ छुट्याएको थियो ।

बाल स्वास्थ्य महाशाखामा रहेको सीबी आइएमएनसीआईका प्रमुख परशुराम श्रेष्ठ भन्छन्, ‘कार्यक्रमका लागि चाहिने मापदण्ड तथा पूर्वाधार नहुँदा कार्यक्रम सञ्चालनमा ढिलाई भएको हो ।’

यो कार्यक्रमका लागि जिल्ला अस्पताल देखि माथिका अस्पतालमा विशेष बेडको व्यवस्था हुने प्रावधान छ । जिल्लामा स्पेशल न्यु बर्न कियर युनिट (एसएनसीयु) र त्यसभन्दा माथिल्ला तहका अस्पतालमा न्युओनेटल इन्टेन्सिभ कियर युनिट( एनआइसीयु) हुनुपर्ने प्रावधान राखिएको छ । स्पेशल डाक्टर, नर्स तथा प्यारामेडिक्स समेत त्यहि रुपमा हुनुपर्ने यो कार्यक्रममा उल्लेख छ ।

गत वर्ष यो कार्यक्रमका लागि उपकरण खरीद गर्न भनेर स्वास्थ्य मन्त्रालयले २१ करोड ५७ लाख ९० हजार रकम छुट्याएको थियो । तर खरीद हुन सकेन । ‘यो बर्ष भने यसका लागि २ करोड ५० लाख रुपैयाँ मात्रै रकम विनियोजन गरेको छ । यसले पुग्दैन भनेपछि मन्त्री ज्यूले थप रकमको व्यवस्था गरिदिन्छु भन्ने आश्वासन दिनु भएको छ,’ श्रेष्ठले भने ।

विरामी नवजात शिशुको निशुल्क उपचार गर्ने यो कार्यक्रमका लागि सरकारले गतवर्ष देशका पाँचवटा अस्पताल तोकेको थियो । कान्ति बाल अस्पताल, मेची अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, लुम्बिनी अञ्चल अस्पताल र सेती अञ्चल अस्पताल तोकिएको थियो । यो बर्षबाट भने देशैभरका जिल्ला अस्पतालमा समेत कार्यक्रम विस्तार गर्ने योजनामा सरकार लागेको छ ।

‘अहिले हामीले पूर्वाधार तथा जनशक्तिलाई ध्यान दिएका छौँ ,’ श्रेष्ठले भने । गत आर्थिक बर्षमा कम्प्रिहेन्सिभ न्युवर्न केयर तालिम (लेभल टु)को ११४ जना मेडिकल अधिकृतले लिएका थिए । सोही तालिम ६२ जना नर्सलाई समेत दिइएको थियो । यो बर्ष ११५ जना मेडिकल अधिकृत र १०० जना स्टाफ नर्सलाई सो तालिम प्रदान गर्ने श्रेष्ठले बताए ।

गत वर्ष ७ एनआईसीयु र १२ एसएनसीयु खरीद गरिएकोमा यो बर्ष ४ एनआईसीयु र ४० एसअएनसीयु तयार गरिने उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *