नाकको शल्यक्रिया गर्दा विरामीको मृत्यु,ओम अस्पताल तनावग्रस्त

काठमाडौँ, २८ भदौ । सामान्य भनिएको केशमा विरामीको ज्यान गएपछि ओम अस्पताल बुधबार दिउसोदेखि तनाव ग्रस्त भएको छ । नाकको उपचार गराउन आएकी बुटवलकी ४० बर्षिय कमला भट्टराईको ज्यान गएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

भट्टराईका परिवार तथा आफन्तले चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । अस्पताल प्रशासनले भने विरामी पक्षको आरोपको खण्डन गरेको छ ।

पिनासका कारण बेला बेलामा दुख पाइरहने कमला शनिबार नाकको सर्जरी गर्न चिकित्सकै सल्लाहमा गत शुक्रबार ओम अस्पताल भर्ना भएकी थिइन । शनिबार नाककान घाटी रोग विशेषज्ञ डा राजेन्द्र गुरागाईको टोलीले उनको सल्यक्रिया गरेको थियो । शल्यक्रिया पछि सुधार नभएकै अवस्थामा अस्पतालले बुधबार मध्यान्नतिर उनको मृत्यु भएको घोषणा गरेको छ ।

कमलाका आफन्तहरुले चिकित्सकहरुले गलत तरिकाले शल्यक्रिया गरेको र गलत औषधि चलाएको आरोप लगाएका छन् । ‘नाकको सामान्य शल्यक्रिया भनिएको थियो तर किन यस्तो भयो ? नाकबाट रगत बहिरयो । लाख बढीको औषधि किनाइयो र एकैपटक चलाइयो यसले अरु अंगलाई समेत असर गरेको हुनुपर्छ,’ विरामीका आफन्त गुन्जन भट्टराईले भने ।

यता अस्पतालका निर्देशक डा जागेश्वर गौतमले भने शल्यक्रिया सफल भइसकेको बेलामा विरामीलाई एक्कासी सेप्टीसेमिया भई ज्यान दावी गरे । उनले भने, ‘यो अप्रेशन ठूलो त होइन तर कहिले काँही नसोचेको जटिलता ल्याइदिन्छ । उहाँलाई सेप्टीसेमिया भयो र ज्यान गयो ।’

विरामी पक्षले भने उपचारको भिडियो उपलव्ध गराउनुपर्ने , सत्यतथ्य छानवीन गरी दोषी माथि कारबाही गर्नुपर्नेमा माग गरेका छन् ।

मन्त्रालयले बनायो छानवीन कमिटि
यता स्वास्थ्य मन्त्रालयले ओम अस्पतालको घटनाको छावनीन प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा डा विकास देवकोटा, डा ढुन्डी पौडेल र नर्स अमृता पहाडी रहेका छन् । समितिको सदस्यसचिव भने मन्त्रालयका एक जना उपसचिव छन् ।

समितिलाई सकेसम्म चाँडो रिपोर्ट दिन भनिएको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *