के हो भाइरल ज्वरो कसरी जोगिने ?

भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउने गर्छ । स्वास्वप्रस्वासको बेलामा नाकबाट घाँटी हुँदै फोक्सोसम्म पुग्ने भाइसरले संक्रमण गराउँदछ । त्यहाँबाट सो भाइरस रगतमा मिसिएपछि ज्वरो आउने हो ।

ज्वरो आउँदा मानिसको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसहरू बलियो हुने गर्छ । तर ७२ घण्टा देखी पाँच दिन भित्रमा भाइरस क्रमश शिथिल हँुदै गएको खण्डमा आफै निको हुने गर्छ । तर कहिले काँही भाइरस तोकिएभन्दा बढी समय कडा रूपमा क्रियाशिल हुन्छ । यस्तो अवस्था बढी रह्यो भने मानिसको ज्यान समेत जानसक्छ ।

कसरी आउछ भाईरल ज्वरो ?
हावामा खेलिरहेका विषाणुहरू स्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरलको प्रवेशसंगै नाक चिलाउने र नाक दुख्ने हुन्छ । घाँटीमा पुगेपछि खसखस हुन्छ । अनि त्यो अन्तिममा फोक्समा पुगेपछि खोकी लाग्न थाल्छ ।

भाइरलको प्रवेश संगै नाकबाट हाछिउ आउने , रूघा लाग्ने , नाकको स्वर फेरिने , घाटीमा अप्ठेरो पर्ने , स्वर विग्रने गर्छ । फोक्सोमा पुगीसकेपछि भाइरल रगममा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आँउछ ।

ज्वरो आउँदा शरीरमा तातो हुन्छ । ताप निकाल्न शक्ति चाहिन्छ । शरीरमा रहेको शक्ति ज्वरो निकाल्नमा खर्च हुने भएपछि शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरषको शक्ति बलियो हुन्छ । ७२ घण्टा देखी ५ दिनसम्म बढी क्रियाशिल हुने भाइरल त्यसपछि आफसे आफ हराएर जान्छ ।

त्यसो भए के गर्ने त ?
तपाईको परिवारमा कुनै एक जनालाई रूघाखोकी लाग्यो भने त्यसको भाइरस अन्य व्यक्तिमा पनि तत्कालै सर्न सक्छ । त्यसैले संक्रमित मासिनले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । ताकि हाछिउ गर्दा , खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ । अर्को उपाय भनेको मन तातो पानी खानुपर्छ ।

जतिबढी मनतातो पानी खायो त्यतिनै छिटो सो पानी रगतमा फैलने र भाइसरलाई पिसावको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । जति धेरै पानी खायो त्यतिनै छिटो निको हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “के हो भाइरल ज्वरो कसरी जोगिने ?

Leave a Reply to bholashah Cancel reply

Your email address will not be published. Required fields are marked *