‘प्रि-रिभ्यु’ गर्न स्वास्थ्य मन्त्रालयको टोली सात प्रदेशको ४६ जिल्लामा (सूची सहित)

काठमाडौँ, २७ भदौ ।  आगामी ४ असोज देखि राजधानीमा शुरु हुने बार्षिक समिक्षालाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयले सात वटै प्रदेशको अनुगमन गर्न केन्द्रीय टोली पठाएको छ ।

हरेक प्रदेश अन्तरगत स्थानीय तहमै गएर प्रि रिभ्यु गरी प्रतिवेदन तयार गर्न मन्त्रालयले टोली खटाएको हो ।

स्वास्थ्य सेवा विभाग एचएमआईएस प्रमुख मुक्तिनाथ खनालका अनुसार प्रदेश नम्बर राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलको नेतृत्वमा टोली खटिएको छ ।

प्रदेश नम्बर २ स्वास्थ्य मन्त्रालयका रमेशप्रसाद अधिकारीको टोली खटिएको छ । प्रदेश नम्बर ३ मा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. विकास लामिछानेको टोली खटिएको छ । प्रदेश नम्बर ४ मा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा श्रीकृष्ण भट्टको टोली खटिएको छ ।

उता प्रदेश नम्बर ५ मा स्वस्थ्य सेवा विभाग पुर्न जागरण महशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको टोली परिचालित भएको छ । यस्तै प्रदेश नम्बर ६ मा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेश प्रताप केसीले टोली नेतृत्व गरेका छन् । र प्रदेश नम्बर ७ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा मुकुन्दा शर्माको टोली परिचालित भएको छ ।

टोलीमा चिकित्सा, प्यारामेडिक्स, जनस्वास्थ्यकर्मी, उच्चस्तरीय स्वास्थ्यनीति बनाउने कार्यदलका सदस्य लगायत समावेश छन् ।

टोलीले कहाँ कति अनुगमन गर्छ ?
एचएमआईएस प्रमुख खनाल भन्छन् , एउटा प्रदेशमा खटिएको टोलीले कम्तीमा एउटा सामुदायिक स्वास्थ्य इकाई, दुई देखि तीनवटा सम्म स्वास्थ्य चौकी, कम्तीमा एउटा प्राथमिक स्वाथ्य केन्द्र, एउटा जिल्ला अस्पतला र भएमा अञ्चल अस्पताल अनुगमन गर्नुपर्छ ।

त्यस्तै  कम्तीमा दुईवटा निजी अस्पताल, एउटा मेडिकल स्टोर, एक देखि दुईवटा जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय, गाँउपालिका तथा नगरपालिका समेको अध्ययन गर्नुपर्छ । त्यसरी गरिएको अध्ययनलाई केन्द्रमा हुने समिक्षामा दुई दिनसम्म छलफल गर्ने कार्यक्रम छ ।

सात प्रदेशको समिक्षा छुट्टा छुट्टै कोठामा
त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा पाँच दिनसम्म हुने समिक्षामा पहिलो र दोस्रो दिन प्रदेश समिक्षा गर्ने तय भएको छ । त्यसमा हरेक प्रदेशले छुट्टा छुट्टै कोठामा आफ्ना समिक्षा गर्ने गर्दछन् ।

त्यसबाट निस्किएको निचाडलाई राष्ट्रिय समिक्षामा समावेश गरिनेछ ।ख नाल भन्छन्, ‘अघिल्ला बर्षहरुमा क्षेत्रमा गएर त्यस्तो समिक्षा गरिन्थ्यो । यसपटक केन्द्रमा गरिन्छ तर प्रदेश अनुसार ।’

प्रदेश नम्बर २ को अधिकारीले र ५ को नेतृत्व डोटेलले गर्ने
प्रदेश अनुसार समिक्षा गर्ने तयारी भएपछि प्रदेशको नेतृत्व कसले गर्ने भन्ने समस्या देखिएको थियो । मन्त्रालयले मन्त्रालयले पाँचवटा प्रदेशको समिक्षाको नेतृत् वगर्ने जिम्मा क्षेत्रीय निर्देशकहरुलाई दिएको छ ।

प्रदेश नम्बर २ र ५ को समिक्षाको नेतृत्वका नेतृत्व गर्ने जिम्मा क्रमश रमेशप्रसाद अधिकारी र भोगेन्द्रराज डोटेललाई दिइएको छ ।

अनुगमनमा गएको टोलीले कुन कुन जिल्लामा पुग्छन् ?
प्रदेश नम्बर १
तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी
प्रदेश नं २
धनुषा, महोत्तरी, बारा पर्सा, सर्लाही रौतहट र सप्तरी सिराहा
प्रदेश नं ३
काठमाडौँ ललितपुर, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर,  चितवन
प्रदेश नं ४
कास्की, लम्जुङ, गोर्खा, बाग्लुङ, म्याग्दी
प्रदेश नं ५
अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी, दाङ, बर्दिया, बाँके र रुपन्देही
प्रदेश नं ६
कालिकोट, जुम्ला, दैलेख, सुर्खेत, रुकुम, जाजरकोट
प्रदेश नं ७
अछाम, डोटी, कैलाली, बझाङ र बैतडी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *