केडीसीले शुरु गऱ्यो ‘ओरल क्यान्सर स्क्रिनिङ’ कार्यक्रम

काठमाडौँ, २७ भदौ । नि:शुल्क शिविर माफर्त मुख तथा दन्त स्वास्थ्यको परीक्षण गर्दै समुदायलाई जागरुक गराउँदै आएको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले समुदाय स्तरमै मुखको क्यान्सर(ओरल क्यान्सर) स्क्रिनिङ कार्यक्रम शुरु गरेको छ ।

मुखको क्यान्सर रोग लाग्नबाट जोगाउन तथा लागि सकेको भए छिटो उपचारको पहुँचमा पुरयाउन यस्तो कार्यक्रम शुरु गरेको केडीसीले जनाएको छ । समयमै परीक्षण नगर्दा अहिले पनि कतिपय व्यक्ति क्यान्सरको अन्तिम अवस्थामा मात्रै अस्पताल आईपुग्ने गरेका छन् ।

केडीसीले हरेक महिनाको अन्तिम सोमबार विभिन्न स्थानमा ओरल क्यान्सर स्क्रिनिङ प्रोग्राम राख्ने बताएको छ । पहिलो कार्यक्रम अन्तरर्गत केडीसीले हिजो सोमबार टोखा नगरपालिकाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर ओरल क्यान्सर स्क्रिनिङ कार्यक्रम गरेको थियो ।

बरिष्ठ प्याथोलोजिष्ट डा. दिप्सिखा बज्राचार्यको नेतृत्वमा गएको टोलीले टोखा चण्डेश्वरीका स्थानीयहरुहरुको ओरल क्यान्सर स्क्रिनिङ गरेको थियो ।

‘चुरोट खैनी, गुड्खा लगायतका सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । त्यसैले पनि हामीले यो कार्यक्रमका यस्ता व्यक्तिहरुलाई लक्षित गरेका छौँ,’ डा. स्मिता ढकालले भनिन् ।

ओरल क्यान्सर स्क्रिनिङमा मुख, दाँत तथा गिँजामा घाउ आएको सुन्निएको वा अरु समस्या भएको नभएको हेरिन्छ । त्यसबाहेक टोलीले टोलुडिन व्लु स्टाइनिङ भन्ने पदार्थको मुखमा राखी हेर्ने गर्दछ ।यो पदार्थले क्यान्सरको प्रारम्भिक चरण छ भने संकेत देखाउने डा ढकालले बताइन । ‘यसले संकेत गर्छ । त्यसपछि थप ‘कन्र्फमेसन’का लागि बायप्सी गर्न लगाउँछौँ,’  उनले भनिन् ।

टोलीले क्यान्सरको परीक्षण साथै क्यान्सर लाग्नुको कारण, यसलाई लाग्न नदिने उपायका बारेमा समेत प्रशिक्षण दिइरहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *