उदयपुरमा सुत्केरी हुँन नसकी गर्भवती महिलाको मृत्यु

सुखिलाल चौधरी/ उदयपुर, २६ भदौ । उदयपुरमा सुत्केरी हुन नसकी एक गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ की ३८ वर्षीया रामकुमारी दनुवारको सोमबार विहान ९ बजे जिल्ला अस्पतल उदयपुरमा मृत्यु भएको हो ।

प्रहरी जवान गंगा दनुवारका श्रीमती राम कुमारी दनुवारलाई व्यथाले च्यापेर आइतबार राती ९ बजे जिल्ला अस्पता उदयपुर ल्याइएको थियो । उनको सामान्य प्रसूति गराउने क्रममा सोमबार विहान ९ बजे ज्यान गएको जिल्ला अस्पताल उदयपुरमा खटिएका प्रहरी हवल्दार सुरेन्द्र लम्सालले बताए ।

प्रसूति गराउन नर्मल टेवुलमा लगेर बल गराउने क्रममा बेहोस (सक)मा भएपछि नब्युतिएको अस्पतालका निमित्त प्रमुख डा. फडिन्द्र बरालले बताए । उनले सुत्केरी हुन बल गर्ने क्रममा एक्कासी बान्ता भएको र श्वास नलीमा केही टुक्रा गएर सकमा पुगेको बताए । दनुवारका ३ जना छोरीहरु रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *