धूमपान विरुद्ध विद्यार्थी जगाउन क्यान्सर काउन्सिलको अन्तरक्रिया

काठमाडौँ २५ भदौ ।  क्यान्सर काउन्सिल नेपालले हात्तिबनस्थित लिटिल एन्जल्स् स्कुलमा ‘क्यान्सर तथा मुटु रोगको बारेमा’ एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्कुले विद्यार्थीहरुलाई क्यान्सर तथा मुटु रोगको बारेमा जानकारी दिन आइतबार आयोजित कार्यक्रममा शिक्षक विद्यार्थी गरी ५ सय बढीको उपस्थिति थियो ।

कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले संसारभर बढ्दै गएको नसर्ने रोगको प्रकोप नेपालमा बढेको भन्दै यसको कारक पहिचान गरि त्यसलाई नियन्त्रण गर्न सकिने बताए ।

उनले उनले सूर्तीजन्य पर्दाथको सेवन, आधुनिक किसिमको जीवनशैली, अस्वस्थकर खानपान र पर्याप्त शारीरिक व्यायामको अभाव नै नसर्ने रोगको प्रमुख कारक रहेको भन्दै त्यसतर्फ ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे ।

डा. रेग्मीले सुर्तीजन्य पर्दाथलाई मात्रै रोकथाम गर्न सकेमा नेपालमा उपचार खर्चमा ५० प्रतिशतले कमी आउने र स्वस्थ समाज निर्माणको लागि टेवा पुग्ने बताए । उनले थपे,‘विद्यालयस्तरबाट नै विद्यार्थीहरुलाई सुर्तीजन्यपदार्थको सेवन गर्नुहुँदैन भनेर सचेत गराउन सके नसर्ने रोग नियन्त्रण अभियानमा ठूलो उपलव्धी हासिल हुने बताए । उनले सन्तुलित भोजन र नियमीत शारीरिक व्यायाम गर्न समेत सम्झाए ।

क्यान्सर काउन्सिलका अध्यक्ष रुद्र कडरिया पछिल्लो समयमा किशोर किशोरीहरु फेसन तथा देखासिखीबाट धूमपान तथा सुर्तीजन्य प्रति आकर्शित भएको देखिएको भन्दै यसले गर्ने स्वास्थ्यमा हानी, आर्थिक तथा सामाजिक हानीको लेखाजोख ागर्न नसकिने बताए ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले पनि आफ्ना विद्यार्थीहरुलाई सचेतना गराउने उद्देश्यले काउन्सिलले गरेको कार्यको सराहना गरे । अबको पुस्ता स्वास्थ्यप्रति निके चनाखो हुनुपर्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *