नुवाकोट बस दुर्घटनाका घाइतेको उपचार ग्रीनसिटी अस्पतालमा (सूची सहित)

काठमाडौँ, २४ भदौ । नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनाका २५ जना घाइतेहरुको उपचारका लागि बसुन्धरास्थित ग्रीनसिटी अस्पताल ल्याइएको छ । आठ जनाको उपचार धापासीस्थित ग्राण्डी अस्पतालमा भएको जनाइएको छ ।

ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनका अनुसार घाइतेमध्ये एक जनाको अस्पताल पुरयाउँदै गर्दा र दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । अहिले बाँकी २२ जनाको उपचार भइरहेको छ । ती मध्ये केहीको अवस्था गम्भीर छ ।उनीहरुलाई आइसियुमा राखेर उपचार गरिएको छ । घाइते अधिकांशको टाउकोमा चोटपटक र फ्याक्चर भएको छ ।

काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो । दुर्घटनामा परी अहिलेसम्म ६ जनाको ज्यान गइसकेको प्रहरीले पुष्टी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *