काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज

काठमाडौँ, २१ भदौ । त्रिभुवन विश्वविद्यालयले घट्टेकुलोस्थित काठमाडौ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गरेको छ । त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले ४० दिन अघि मेडिकल कलेज सञ्चालन गर्ने गरी दिएको सम्वन्धन स्विकृति खारेज गर्ने निर्णय गरेको हो ।

त्रिवि उपकुलपति प्राडा तिर्थ खनियाले तीन वर्ष अघिको प्रतिवेदन र सर्बोच्चको आदेश अनुसार गत १२ साउनमा बसेको कार्यकारी परिषदको बैठकले यसै शेक्षिक बर्षबाट एमबीबीएस चलाउन सक्ने गरी अस्थायी सम्वन्धन दिएको तर सो निर्णय विवादमा परेपछि पुन छानवीन गर्दा सम्वन्धन दिन योग्य नभएको पाइएकोले खारेज गरेको बताए ।

उनले भने, ‘हाम्रो निर्णय अदालतको आदेश अनुसार थियो । तर विवाद पछि हामीले पुन अनुगमन गर्न पठायौँ । स्वास्थ्य मन्त्रालयले समेत प्रतिवेदन दियो । त्यो आधारमा सम्वन्धन खारेज गर्ने निर्णय गरयौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *