प्रेमसागरले गरे १५१ औं पटक रक्तदान, कैलालीमा भयो नागरिक अभिनन्दन

कैलाली २१ भदौ । स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले १५१ औँ पटक रक्तदान गरेका छन् । कैलालीको टिकापुरमा मंगलबार आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्ने क्रममा उनले आफ्नो १५१ औँ पटकको रक्तदान गरेका हुन् ।

हरेक तीन तीन महिनामा एक दिन ढिला नगरी रक्तदान गर्ने कर्माचार्य नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति समेत हुन् । अहिले उनी स्वयंसेवी रक्तदान अभियानलाई देशव्यापी बनाउने अभियानमा जुटेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यको उपस्थितिमा कैलालीमा पनि जिल्ला शाखा गठन गरिएको छ । टिकापुरमा मंगलबार आयोजित विशेष भेलामा मुकेश श्रेष्ठको अध्यक्षतामा जिल्ला शाखा गठन गरिएको हो ।

शाखाको उपाध्यक्षमा रामकृष्ण क्षेत्री, सचिव भिम विक र कोषाध्यक्ष देवी श्रेष्ठ छन् । सदस्यहरुमा क्रमश ःमीन बहादुर थापा,सर्जु प्रसाद चौधरी,तिलक श्रेष्ठ,ओम प्रसाद चौधरी,बिमला श्रेष्ठ,रूथ सुवेदी र बिरिम चौधरी रहेका छन् ।

कर्माचार्यलाई अभिनन्दन


यसैबीच कैलाली पुगेका शतक रक्तदाता कर्माचार्यलाई सार्वजनिक अभिनन्दन गरिएको छ । नेपाल रेडक्रस जिल्ला शाखा र स्थानीय नागरिक समाजका अगुवाईमा भएको कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले दोसल्ला ओडाएर तथा सम्मानपत्र प्रदान गरी कर्माचार्यलाई सम्मान गरेका हुन् । उनले दिनरात नभनी स्वयंसेवामा खटिरहने कर्माचार्यको योगदानको उच्च प्रशंसा समेत गरे ।

रेडक्रस टिकापुर शाखाका सभापति जगदिश्वर पण्डितको सभापतित्वमा भएको कार्यक्रममा ४६ जनाले रक्तदान समेत गरेका थिए ।

सो अवसरमा बोल्दै कर्माचार्यले १८ बर्ष पार गरेपछि रक्तदान कार्यक्रममा सरिक हुन आग्रह गरे । उनले सम्मान तथा अभिनन्दनले आफूलाई स्वयंसेवामा लाग्न अझ प्रेरित गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *